शिवपुजन राय यादवको उम्मेद्वारी खारेज गर्ने आयोगको निर्णय सर्वोच्चद्वारा सदर



नेपाल समाचारपत्र, काठमाडौ ।

सर्वोच्च अदालतले सर्लाही क्षेत्र नम्बर ४ का माओवादी उम्मेद्वार शिवपुजन राय यादवको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय सदर गरेको छ।

न्यायाधीश दीपकराज जोशी र डम्बर बहादुर शाहीको संयुक्त इजलासले निर्वाचन आयोगको निर्णयविरुद्ध रिट दिएका यादवको रिट जारी नहुने निर्णय सुनाएको हो। यादवले आयोगको निर्णय कार्यान्वयन नगर्ने आदेश दिन माग गर्दै रिट दिएका थिए। तर, सर्वोच्चले त्यस्तो आदेश जारी नहुने निर्णय गरेको प्रवक्ता नारायण पन्थीले जानकारी दिए।

आयोगले राहदानी दुरुपयोगमा यादवलाई विषेश अदालतले दोषी ठहर गरेको भन्दै उनको उम्मेदवारी खारेज गरिदिएको थियो।आफ्नो उम्मेदवारी खारेज गर्ने आयोगको निर्णय विरुद्ध यादव मंसिर १२ गते सर्वोच्च अदालत पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्