तारजालीको घेरामा मतगणना स्थल, सुरक्षा व्यवस्था निकै कडा



उत्तम नेपाल, भद्रपुर ।
मतगणनाको समयमा राजनीतिक दल र अन्य व्यक्तिबाट दुर्घटना हुन सक्ने संभावनालाई मध्यनजर गर्दै झापामा मतगणना स्थलमा तारजालीको घेरावारा लगाउनेक्रम सुर गरिएको छ ।

मतदाताहरुले दिएको मतलाई सहि सदुपयोग हुनसकोस र सुरक्षीत तवरवाट गणना सम्पन्न गर्नका लागि भन्दै सुरक्षा व्यवस्था कडा पार्नुका साथै घेरावारा सुरु गरिएको हो ।

जिल्ला समन्वय समितिको भवनमा निर्वाचन क्षेत्र नम्बर १ र ३ मा रहेको मुख्य निर्वाचन कार्यालयमा वासको घेरावारा सुरु गरिएको छ । स्काउट भवनमा रहेको ४ नम्बर क्षेत्रमा चार स्थानमा तारजालीले घेरावारा लगाइएको छ । प्रतिनिधि सभाको दुइ र प्रदेश सभाको १ र२ सगै गणना हुने भएकोले चारै स्थानमा तारजाली प्रयोग गरिएको क्षेत्र नम्बर ४ का निर्वाचन अधिकृत प्रेम खड्काले बताए । माथिवाट आएको परिपत्रको आधारमा सुरक्षा व्यवस्था अपनाइएको खड्काको भनाइ छ । अन्य क्षेत्रमा पनि सुरक्षालाइ मध्यनजर गरी व्यवस्थापन गरिदै आएको छ । शिक्षा कार्यालयमा क्षेत्र नम्बर २ र जिल्ला हुलाकमा क्षेत्र नम्बर ५ रहेको छ ।

सुरक्षा सम्बेदनशिलतालाई मध्य नजर गर्दै सुरक्षा व्यवस्था कडा बनाउनुको साथै मतगणना स्थलमा सीसी क्यामरा जडान गरिने मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले बताए । मतगणना स्थलमा कुनै किसीमको आक्रमण नहोस भन्ने उदेश्य राखेर घेरावारा लगाउन सुरु गरिएको मुख्य निर्वाचन अधिकृत रेग्मीले बताए । अहिले घेरावारा लगाइएपनि मतदान पछि सहमतिको आधारमा हटाउन पनि सकिने रेग्मीको भनाइ छ । मतदाताले दिएको मतलाइ सुरक्षीत गर्नु हाम्रो दायित्व भएको र सुरक्षा सवैको लागि भएकोले घेरावारा गरिएको उनले जनाए ।

बार बाहिर राजनीतिक दलका प्रतिनिधि रहने र भित्र मतगणना गरीने तयारी भएको उनको भनाई छ । मतगणना प्रतिनिधिको दुइ र प्रदेश १ र २ को गरि चारवटा स्थानमा एकैपटक गनिने उनले जानकारी दिए । मत परिणामको जानकारी गराउन प्रत्येक क्षेत्रमा सुचना अधिकारी नियुत्ति गरिने उनको भनाइ छ । एकद्धार प्रणालीवाट प्रत्येक ३० मिनेटमा माइक तथा सञ्चारकर्मी मार्फत सार्वजानिक गरिने उनको भनाइ छ । सूचना प्रवाहमा कुनै कसर वाँकी नराखिने उनले प्रतिबद्धता जनाएका छन् ।

झापामा ५ वटा निर्वाचन क्षेत्रमा प्रतिनिधिका ५ र प्रदेशका १० गरि १५ जना निर्वाचित हुनेछन् । जस्मा १ सय ४१ उम्मेदवार प्रतिस्पर्धामा देखिएका छन् । ५ लाख ८५ हजार १ सय ६६ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्