तरकारी ब्यबसायमा रमाउँदै पूर्व माओवादी कमाण्डर



ललित सिहं, बझाङ्ग ।
कुनै बेला काँधमा बन्दुक पिठ्ठियुमा वम बारुदको झोला भिरेर देशमा परिर्वतन गर्छु भनेर क्रान्तिमा लागेका हरिदत्त अबस्थी अहिले पानी बिनाको सुख्ख डाँडामा कृषि क्रन्तिमा लागेका छन । अहिले तरकारी खेतीबाटै मासिक १५हजार देखि २० हजार रुपैया बैकंमा जम्मा गर्दै आएको बताए ।

माओबादिका पुर्व जनमुतिm सहायक कमाण्डर हरिदत्त अबस्थी चिरबित्थड गाउपालिका सुनकुडा ३ का हुन ।

माओवादीमा ५५ देखि ६६ सम्म निरन्तर लागे पनि परिवारमा बिहान बेलुकाको हात मुख जोडन निकै मुसकिल भए पछि आफनो चार रोपनी जग्गामा भएको सुख्खा डाँडामा पानी बिनै तरकारी खेतमा लागेका हुन ।

पहिले गोला बारुद संग खेलीयो अहिले दैनिक कुटो कोदाली र पानी वोक्दै दिन बिताउने रहर लागेको छ एक घण्टा टाढाको खोला किनारा बाट पानी बोके र तरकारी खेती गर्ने गरेको हरिदत्त अबस्थीले बताए ।

उनेले भने गाउँका सबैले अन्न बालि धान गहुँ लगाएतका अन्य बाली लगाउने र बर्षमा दुई पटक बाली भत्यिाउने गरेका छन मैले आफु संग भएको चार रोप्नी जग्गामा तरकारी र केरा खेती गर्ने गरेको छु । तरकारी बाट आफुले दैनिक पैसा भित्याउने गरेको छु ।

गाउँमा धेरै संस्था लागेका छन कसैले एक दाना बिउ दिएकै छैन जिल्ला कृषि बिकास कार्यालले पानी पोखरी निमार्ण गरिदिएको र आबश्यक प्राबिधिक सहयोग संगै राष्ट्रि पति पुरुषकार दिएको मा उनी निकै खुशी छन । बारीमा फलेको तरकारी बजार अभाव छ बिक्रि गर्न भन्दा किन्ने बालाको मुल्यमा तरकारी बिक्रि गनु परेको उनका भनाई छ ।
रासायनिक मल आफुले प्रयोग गनु त परै जावस देखेको छैन गोठे मलको प्रयोग गर्न दुई भैसि समेत पालेको छु सबै भैसिको मल मुत्र प्रयोग गने गरेको उनको भनाई छ ।

राजनितिमा लागेर गाउँ गाउँमा युद्घको सयमा गईयो कति ठाउँ मुडभेडमा युद्घ लडियो ज्यान बम बारुद बन्दुको नालमा राखेर पनि उपलब्धी नभए पछि बिकल्पको रुपमा कृषि पेशा रोजेर लागे अहिले निकै सफल भए । परिवारका ५ जानको मुख्य पेशानै तरकारी खेती हो ।

उमेर छदा भारतको पिथोरागड , अल्मोडा रानी खेतमा बिताईयो अहिले ७ बर्ष देखि छोरा छोरी भने पनि पैसा भने पनि वारीमा लगाएको तरकारी हो । तरकारी लगाए र नै जिवन चलाएको सुनकुडा का ५६ बर्षिया अर्का किसान हरिलाल पातलीले बताए ।

उनले भने बजार छैन बारीमा फलको सबै तरकारी बिक्रि गर्न सकेको छैन । संघ संस्था बाट १ रुपैया पनि सहयोग पाएको छैन । मेरो बारीको फोटो लगेर संस्थाका मान्छेले हामीले सहयोग पछि गाउँमा यस्तो परिर्वत भएको भनेर सदरमुकाम चैनपुरका होटलमा कर्मचारी र राजनितिक दललाई देखाउने गरेको सनेको छु ।

तरकारी बिक्रि भएको आम्दानीले कार चढन सक्ने क्षमता भएका हरिदत्त अबस्थी र हरिलाल पातली जिल्लाकै नमुना कृषक हुन अरुले छेउमै पानीको खोलो बग्दा पनि एक बोट तरकारी लगाएका छैन दुबै जनाले अग्लो डाँडामा स साना काल्ला बनाए र एक घण्टा टाढा बाट पानी गाग्रीमा बोकेर तरकारी खेती गरेको र वारीमा फलेको तरकारी पिठ्ठियुमा बोकेर घर घर बिकाउदै लगेको जिल्ला कृषि बिकास कार्यालयका बरिष कृषि बिकास अधिकृत राजेश कुमार के.सि.ले बताए ।
उनले भने किसना भनेको त यस्तो हुन पर्छ कार्यालयले ५ बर्ष भित्र तरकारी आयात निषेधित जिल्ला घोषणा गर्ने लक्ष राखेको छ । उनीहरुको लगानी हेर्दा राज्य र संघ संस्थाले सहयोग गरेको छैन कार्यालयले राष्ट्र पति पुरुषकार देखि अन्य पुरुषका र प्राबिधिक सहयोग गरेको छ ।

फोटो क्याप्सनः हरिदत्त अबस्थीको तरकारी खेतको अनुगमन का क्रममा प्राबिधक सल्लाह दिदै बरिष्ट कृषि बिकास अधिकृत राजेश कुमार के.सि.र हरिदत्त अबस्थी बिचमा साथमा कार्यालका अन्य कर्मचारी तस्बीरः ललित सिंह

प्रतिक्रिया दिनुहोस्