तैं चुप मै चुप



भोलि हुने निर्वाचनलाई लक्षित गरेर सोमबार मध्यरातिदेखि मौन अवधि शुरू भएको छ। मौन अवधिमा कुनै पनि शैलीमा चुनावी प्रचार गर्न र फेसबुकलगायत कुनै पनि सामाजिक सञ्जालबाट भोट माग्न पाइFदैन। यदि यस्तो नियम उल्लंघन भएको पाइएमा १ लाख रुपियाF जरिवानादेखि उम्मेदवारी रद्द गर्नेसम्मको अधिकार निर्वाचन आयोगलाई छ।

तर यही बेलामा चाहिF निर्वाचन प्रचार–प्रसार द्रुतरूपमा भइरहेको धरहराले थाहा पाएको छ। बाहिर प्रस्टरूपमा देखिने गरी होइन, खुसुक्क, तैं चुप मै चुप शैलीमा। मतदातालाई पैसा बाँढ्ने, भोजभतेर खुवाउने, मादक पदार्थ अनि अरू धेरै थोक खुवाउने प्रतिस्पर्धा यही बेला हरेक निर्वाचन क्षेत्रमा भइरहेको देखिन्छ।

यस्तै अवस्थाका बीच मंगलबार साFझ पूर्वी पहाडी भेगमा एक पार्टीका इमानदार कार्यकर्ताले आफ्ना नेतालाई जिज्ञाशा राखेछन्– ‘नेताज्यू आयोगले त यस्तो गर्न मिल्दैन भन्छ तरु’ प्रतिउत्तरमा नेताले भने– ‘अस्ति धेरै ठाउFमा खुलेआम आमसभा गरियो, त्यो बेला जे जस्तो भए पनि जनताले खुवाए, तर मतदातालाई केही खुवाउन र खुसी बनाउन सकिएन, त्यही भएर त अहिले गर्या त।’
‘अहिलेको जाडोमा ज्यान पनि त तताउनै प¥यो। नत्र मतदाताले भोट कसरी हाल्नेरु’, नेताले प्रस्ट्याए– ‘आयोगले दिउ“सो मात्रै नियाल्ने हो, विचरा आयोगका अधिकारीलाई चुनाव निस्पक्ष र शान्तिर्पूण बनाउन कस्तो सास्ती छ।’

प्रतिक्रिया दिनुहोस्