उपत्यकामा निर्वाचनको तयारी पूरा



सुरेश तामाङ, काठमाडौं

काठमाडौं

क्षेत्र नं. १
प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार नेपाली कांग्रेसबाट प्रकाशमान सिंह र उहाँको प्रतिद्वन्दीका रूपमा वाम गठबन्धनको माओवादी केन्द्रका अनिलकुमार शर्मा हुनुहुन्छ । यस क्षेत्रमा ७ जना स्वतन्त्र उम्मेदवारसहित १५ जनाले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् । यस भेत्रमा प्रदेश ‘क’ बाट २४ हजार ७ सय ५७ जना मतदाताले मतदान गर्दै छन् भने १७ हजार ६ सय ७३ जनाले मतदान गर्दै छन् ।

क्षेत्र नं. २
काठमाडौं क्षेत्र नं. २ बाट नेपाली कांग्रेसका तर्फबाट दीपकप्रसाद कुइँकेल, वाम गठबन्धनबाट माधवकुमार नेपाल, विवेकशील साझा पार्टीका सूर्यराज आचार्यलगायतले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिनुभएको छ । यस क्षेत्रमा ६ जना स्वतन्त्रसहित २४ जना उम्मेदवार हुनुहुन्छ । यस क्षेत्रमा ३० हजार २ सय २२ जनाले प्रदेश ‘क’ का लागि मतदान गर्दै छन् भने प्रदेश ‘ख’ का लागि ४४ हजार ५ सय ३४ जना मतदाताले मतदान गर्दै छन् ।

क्षेत्र नं. ३
यस क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट अम्बिका बस्नेत, वाम गठबन्धनका तर्फबाट एमालेका कृष्णबहादुर राईलगायतले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनुभएको छ । यस क्षेत्रमा ३ स्वतन्त्र उम्मेदवारसहित १७ जनाको प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी परेको थियो । यस क्षेत्रमा प्रदेश ‘क’ बाट २१ हजार ४ सय ८० मतदाताले मतदान गर्दै छन् भने प्रदेश ‘ख’ बाट ३२ हजार ३ सय ४४ मतदाताले मतदान गर्दै छन् ।

क्षेत्र नं. ४
यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका गगनकुमार थापा, वाम गठबन्धनबाट एमालेका राजन भट्टराईलगायतको उम्मेदवारी परेको थियो । ६ स्वतन्त्रसहित २१ जनाको उम्मेदवारी परेको थियो । यस क्षेत्रमा प्रदेश ‘क’ बाट ३० हजार ४ सय ९६ मतदाताले मतदान गर्दै छन् भने प्रदेश ‘ख’ बाट ३२ हजार ७ सय १९ मतदाताले मतदान गर्दै छन् ।

क्षेत्र नं. ५
यस क्षेत्रमा नेपाली कांग्रेसका प्रकाशशरण महत, वाम गठबन्धनको तर्फबाट एमालेका ईश्वर पोखरेललगायतले उम्मेदवारी दिएका छन् । यस क्षेत्रमा ३ स्वतन्त्र उम्मेदवारसहित २० जनाले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका थिए । यस क्षेत्रमा प्रदेश ‘क’ बाट २५ हजार ८ सय ६२ जना मतदाताले मतदान गर्दै छन् भने प्रदेश ‘ख’ बाट ३८ हजार ६ सय ८८ जना मतदाताले मतदान गर्दै छन् ।

क्षेत्र नं. ६
यस क्षेत्रमा नेपाली कँंग्रेसका भीमसेनदास प्रधान, वाम गठबन्धनको माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदीलगायतले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका थिए । ३ स्वतन्त्रसहित १५ उम्मेदवारले उम्मेदवारी दिएका थिए । यस क्षेत्रमा २६ हजार ४५ जना मतदाताले प्रदेश ‘क’ बाट मतदान गर्दै छन् भने प्रदेश ‘ख’ बाट ३२ हजार १ सय ४२ जना मतदाताले मत हाल्दै छन् ।

क्षेत्र नं. ७
लोकतान्त्रिक गठबन्धनको राप्रपाबाट विक्रम थापा, वाम गठबन्धनको एमालेबाट रामवीर मानन्धर, विवेकशील साझा पार्टी नेपालकी अनुपा श्रेष्ठ, नयाँ शक्ति पार्टी नेपालका ईश्वर रिजाललगायतले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि ३ स्वतन्त्रसहित १४ जनाको उम्मेदवारी परेको थियो । यस क्षेत्रमा ३७ हजार ७ सय २० जना मतदाताले प्रदेश ‘क’ बाट मतदान गर्दै छन् भने प्रदेश ‘ख’ बाट १९ हजार ८ सय ३८ जनाले मतदान गर्दै छन् ।

क्षेत्र नं. ८
यस क्षेत्रमा नेपाली कांग्रेसका नवीन्द्रराज जोशी, वाम गठबन्धनको एमालेका जीवनराम श्रेष्ठसहित ९ जना उम्मेदवारले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । यस क्षेत्रमा ३० हजार ५ सय ७० मतदाताले प्रदेश ‘क’ बाट मतदान गर्दै छन् भने प्रदेश ‘ख’ बाट १९ हजार ५ सय १८ जनाले मतदान गर्दै छन् ।

क्षेत्र नं. ९
यस क्षेत्रमा नेपाली कांग्रेसका ध्यानगोविन्द रञ्जित, वाम गठबन्धनका एमालेबाट कृष्णगोपाल श्रेष्ठलगायतको उम्मेदवारी परेको थियो । १ स्वतन्त्रसहित १३ जनाको प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी परेको थियो । यस क्षेत्रमा प्रदेश ‘क’ बाट ३५ हजार २ सय ९६ जना मतदाताले मत हाल्दै छन् भने प्रदेश ‘ख’ बाट ३२ हजार ३ सय ५५ जनाले मतदान गर्दै छन् ।

क्षेत्र नं. १०
यस क्षेत्रमा नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी, वाम गठबन्धनबाट माओवादी केन्द्रका हितमान शाक्यलगायतले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । यस क्षेत्रमा १ स्वतन्त्रसहित १५ जनाले उम्मेदवारी दिएका छन् । यस क्षेत्रको प्रदेश ‘ख’ बाट ४६ हजार २ सय ७९ जना मतदाताले मतदान गर्दै छन् भने प्रदेश ‘ख’ बाट २४ हजार ९ सय २२ जनाले मत हाल्दै छन् ।

भक्तपुर

क्षेत्र नं. १
यस क्षेत्रमा नेपाली कांग्रेसका बाबुराजा जोशी, वाम गठबन्धनबाट माओवादी केन्द्रका मिलन सुवाल, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाललगायतको प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी परेको थियो । ३ स्वतन्त्रसहित ९ जनाले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका थिए । यस क्षेत्रको प्रदेश ‘क’ बाट ४३ हजार ५ सय ५२ जना मतदाताले मतदान गर्दै छन् भने ५० हजार ६ सय १२ जना मतदाताले प्रदेश ‘ख’ बाट मतदान गर्दै छन् ।

क्षेत्र नं. २
यस क्षेत्रमा नेपाली कांग्रेसका दमननाथ ढुंगाना, वाम गठबन्धनबाट एमालेका महेश बस्नेत, नेपाल मजदुर किसान पार्टीका अनुराधा थापामगरलगायतले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका थिए । ३ स्वतन्त्रसहित १३ जना उम्मेदवारले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका थिए । यस क्षेत्रको प्रदेश ‘क’ बाट ४४ हजार ८९ जना मतदाताले मतदान गर्दै छन् भने प्रदेश ‘ख’ बाट ३९ हजार ८ सय ४४ जनाले मत हाल्दै छन् ।

ललितपुर

क्षेत्र नं. १
यस क्षेत्रमा नेपाली कांग्रेसबाट उदयशमशेर जबरा, वाम गठबन्धनबाट एमालेका नवराज सिलवाललगायतले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका थिए । ९ स्वतन्त्रसहित २१ जना प्रतिनिधिसभामा उम्मेदवारी दिएका हुन् । यस क्षेत्रको प्रदेश ‘क’ बाट ३२ हजार ८ सय ३२ जना मतदाताले मतदान गर्दै छन् भने प्रदेश ‘ख’ बाट ३३ हजार ८६ जनाले मतदान गर्दै छन् ।

क्षेत्र नं. २
यस क्षेत्रमा नेपाली कांग्रेसका चन्द्र महर्जन, वाम गठबन्धनबाट एमालेका कृष्णलाल महर्जनलगायतले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । २ स्वतन्त्रसहित १३ जना प्रतिनिधिसभा सदस्य उम्मेदवारी दिएका छन् । यस क्षेत्रको प्रदेश ‘क’ बाट ३७ हजार २ सय ९६ जना मतदाताले मतदान गर्दै छन् भने प्रदेश ‘ख’ बाट ३८ हजार ६ सय ८५ जनाले मतदान गर्दै छन् ।

क्षेत्र नं. ३
यस क्षेत्रमा नेपाली कांग्रेसका मदनबहादुर अमात्य, वाम गठबन्धनका साझा उम्मेदवार माओवादीका पम्फ भुसाललगायतले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका थिए । २ स्वतन्त्रसहित १३ जना उम्मेदवारले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् । यस क्षेत्रमा ४४ हजार ६ सय ८४ जनाले प्रदेश ‘क’ बाट मतदान गर्दै छन् भने प्रदेश ‘ख’ बाट ४१ हजार ७ सय ५५ जनाले मतदान गर्दै छन् ।

प्रतिक्रिया दिनुहोस्