भुकम्पमा नयाँ खोज



टोकियो, (एजेन्सी)
भूकम्प आउँदा गुरुत्वाकर्षणमा आउने झिनो हेरफेर मापन गरी मिनेटभरमा कयौंको अमूल्य जीवन बचाउन सक्ने जर्नल साइन्समा प्रकाशित नयाँ सोधले जनाएको छ। सन् २०११ को जापान भूकम्पका डाटालाई पुनः अध्ययन गरिरहेका अनुसन्धानकर्ताहरूले गुरुत्वाकर्षणमा आएको परिवर्तनका आधारमा भूकम्पको तिब्रता शुरू भएको तीन मिनेटपछि नै जनतालाई जानकारी गराउन सक्ने संकेत दिएका छन्। अमेरिकी जियोलोजिकल सोसाइटीले पृथ्वीको परिक्रमण गतिमा सिथिलता आइरहेकाले सन् २०१८ मा ठूल्ठूला भूकम्प आउन सक्ने सम्भावना बढेको सोधपत्र जारी गरेपछि आएको यस खोजले प्रकोप ब्यवस्थापनमा राहत पुग्ने आशा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्