सुरक्षाकर्मीलेनै गरे नियम उल्लघंन, भारतीय नम्बर प्लेटका सवारीमा आँफै रोक लगाउँदै आँफै चलाउँदै



सञ्जय कार्की, रौतहट ।
भारतीय नम्बर प्लेटका सबारी साधन संचालनमा मङ्गलबार देखि रोक लगाइएको भएपनि सुरक्षाकर्मी आफैले भारतीय नम्बर प्लेटका सबारी साधन चढ्दै आएका छन ।

मंसिर २१ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि जिल्लाभरीनै भारतीय नम्बर प्लेटका सवारी साधन संचालनमा रोक लगाउने निर्णय गरिएको छ तर सुरक्षाकर्मीलेनै भारतीय नम्बर प्लेटका सवारी साधन चलाएर नियम उल्लघंन गरेको पाइएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी दुबैले बिचौलिया मार्फत भारतीय नम्बर प्लेटका सबारी साधन मगाएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रही नायब उपरिक्षक रामकुमार दानीले भन्नु भयो कति भारतीय नम्बर प्लेटका सबारी साधन सञ्चालनमा रहेको छ आँफुलाई जानकारी नभएको बताउनु भयो । उहाले अस्थायी नम्बर प्लेट राखेर संचालन गरिएको बताउनु भयो । यसअघि पनि सुरक्षाकर्मीलेनै भारतीय नम्बर प्लेटका सबारी साधन चढेपछि बिबाद भएको थियो ।

त्यसपछि प्रहरी प्रधान कार्यालयले तीन बर्ष अघिनै देशभरका प्रहरी युनिटमा भारतीय नम्बर प्लेटका सबारी साधन चढन बाट रोक लगाएको थियो । तर नेपाली नम्बर प्लेट भन्दा भारतीय नम्बर प्लेटका सबारी साधनको भाडा दर सस्तो पर्ने भएकाले सुरक्षाकर्मीहरु भारतीय नम्बर प्लेटका सबारी साधन प्रति आकर्षित भएका हुन ।

सुरक्षाकर्मीहरुले भारतीय नम्बर प्लेटका बोलेरो, पिक अप, टाटासुमो सबारी साधन पेट्रोलिङ्ग र गस्तिको लागि संचालनमा ल्याएका छन । उता निर्बाचनमा खटिएका कर्मचारीले भने भारतीय नम्बर प्लेटका मोटरसाईकल सहितका सबारी साधनमा मतदान सामग्री ढुवानी गरिरहेका छन । सुरक्षा ब्यबस्था मजबुत बनाउन जिल्लाका दर्जनौ स्थानमा सबारी साधनको चेकजाच लाई तिब्रता दिएको छ ।

प्रतिक्रिया दिनुहोस्