महिला हिंसाको मुख्यकारण बन्यो मदिरा



विनोद सिंह विष्ट, बैतडी ।
बैतडीमा महिला तथा बालबालिकामाथि हिंसा बढ्दै जानुको मुख्य कारण मदिरा बनेको छ । हिंसा महिला हिंसाको मुख्यकारण मदिरा बनेको जिल्लाका स्थानिय तहका उपमेयर र उपाध्यक्षहरुले बताएका छन् ।

बैतडीका १० वटै स्थानियतहमा सबैभन्दा बढि मदिराको कारोबार बढेकाले सबैभन्दा समस्या भएको बैतडीको शिवनाथ गाउँपालिकाका उपाध्यक्ष कुस्मा चन्दले बताउनुभयो । आफुले स्थानियतहको चुनावको बेला भोट माग्ने बेला नै मदिरा बन्द गर्ने आश्वासन दिएको भएपनि समाजमा काम गर्न समस्या भएको उहाले बताउनुभयो ।

शिबनाथका महिला रक्सीबाट निकैपिडत बनेकाले उनिहरुको आवाज सुन्दै मदिरा निषेध गर्न खोज्दा उल्टै गाउँपालिकाको नाममा मुद्धापरेकाले समाजमा राम्रो काम गर्न निकै चुनौति रहेको उहाँले बताउनुभयो ।
दिनभरी महिला बारीको काममा ब्यस्त भएपनि साझ घरमा ढुक्कसंग बस्न नपाएको उहाँले बताउनुभयो । ग्रामिणस्तरका महिलाला आफ्नै घरपरिवारबाट हिंसा खेपिरहेको उहाँले बताउनुभयो ।
यस्तै सिगास गाउँपालिकाका उपाध्यक्ष द्रोपती चन्दले सिगासमा पनि मदिराले गर्दा महिलाहरुले निकै कष्ट खेपिरहेको बताउनुभएको छ । दोगडाकेदार गाउपालिकामा पनि मदिराले महिला तथा बालबालिकामाथि हिंसा बढ्दै गएकोले महिलाहरुले नै अभियान चलाएको उपाध्यक्ष पार्वर्ती कार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो“महिलाहरु आफै मदिरा बन्द गर्न भन्दै आन्दोलनमा उत्रिएका छन् ”
यस्तै बैतडीको डिलासैनी, सुर्नयाँ गाउपालिका, लगायत जिल्लाका सबै स्थानियतहमा मदिराले नै सबैभन्दा महिलालाइ हिंसामा परेको उपप्रमुख र उपाध्यक्षहरुले बताएका छन् ।
महिलामाथि हुने हिंसामा अझै कमी आउन सकेन
महिला हिंसा विरुद्ध विभिन्न कार्यक्रमहरु सञ्चालन भईरहेको भएपनि महिलामाथि हुने हिंसामा अझै कमी आउन सकेको छैन् ।

कारणले महिलामाथि हिंसा हुने गरेको जानकारहरुले बताएका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार महिलामाथि हुने हिंसाहरु धेरै जसो मिलापत्रमा सकिने गरेका छन् । आफूमाथि भईरहेको हिंसाका बारेमा अझै पनि महिलाहरु खुलेर बोल्न नसक्ने र प्रहरीमा पुगेका मुद्दा पनि अधिकांश मिलापत्रमा टुंगिने गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

गत आर्थिक बर्षमा बैतडीमा महिलामाथि हुने घरेलु हिंसाका ८० भन्दा बढी मुद्दा दर्ता भएको भएपनि सबै मिलापत्रमा टुंगिने गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो । यस्तै बैतडीमा गत आर्थिक बर्षमा जबरजस्तीकरणीका २ र जबरजस्तीकरणी उद्योगका २ ओटा मुद्दा दर्ता भएका प्रहरी नायव उपरीक्षक शर्माले जानकारी दिनुभयो ।

महिला माथि हुने घरेलु हिंसा न्यूनीकरणका लागि परिवारबाटै सचेतनाका अभियान सञ्चालन गर्नुपर्नेमा महिला अधिकारकर्मीहरुले जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्