गोरखा माओवादी उमेद्वारको साथमा पेस्तोल भेटियो



सन्तोष अधिकारी, गोरखा ।
झोलामा पेस्तोल लिएर माओवादी केन्द्रकी समानुपातिक उम्मेद्वार सुशीला सिँखडालाई मोटर साइकलमा सवार गराउने भीमसेन ४ का गुणराज खनाललाई प्रहरीले पक्राउ गरेको छ । सोमबार काठमाडौंदेखि पिछा गर्दै गोरखा आइपुगेपछि खनाललाई पक्राउ गरेको एसपी प्रकास अधिकारीले जानकारी दिए ।

एकमहिना अघि गत कात्तिक २१ गते बा ७३ प ३३८६ नंबरप्लेट भएको मोटरसाइकलमा उम्मेद्वार लाई चढाएर चुनावी कार्यक्रममा जान लाग्दा उनलाई प्रहरीले फेला पारेको थियो ।

पेस्तोल रहेको झोला फालेर भागेका खनाल हालसम्म फरार थिए । उनी विरुद्ध प्रहरीले हातहतियार तथा खरखजना अन्तर्गत मुद्धा दर्ता गरी फरार सूचीमा राखेर खोजी गरिरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्