ललितपुरको भैसीपाटीमा बम फेला, सेनाद्धारा निस्क्रिय पारिँदै



ललिपुर (नेस) ।

ललितपुरको श्री लालीगुराँस बहुउद्देश्य सहकारी संस्था लिमिटेडका कार्यकारी निर्धेशक सुरेन्द्र भण्डारीको भैसीपाटी स्थित घरको गेटमा बम फेला परेको छ । बम फेला परेपछि घरका सदस्यले तुरुन्तै प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले बम भएको थाहा पाएपछि सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको थियो । अहिले सेनाद्धारा बम निस्क्रिय पार्ने प्रयास भैरहेको ललितपुर स्थित नेपाल समाचारपत्रकर्मी इस्वरराज ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्