भिलेन प्याज !



हिजोआज धेरैका घरमा श्रीमान्–श्रीमतीबीच ठाकठुक पर्न थालेको छ। कुरो निर्वाचन र भोट कुन पार्टीमा हाल्ने भन्ने होइन। विषय हो आफ्नै घरभित्रको, घर खर्चको। ठाकठुकको सारसंवाद यस्तो छः

श्रीमतीः यति खर्च दिएर हुन्छ? कसरी खर्च पुर्याउनु ?
श्रीमान्ः पहिलेको भन्दा घटाएको छैन त, किन चाहियो बढी ?
श्रीमतीः तपाईंलाई के थाहा घर खर्च कति बढ्या छ ? कहिले चासो दिएपो थाहा हुन्छ ?
श्रीमान्ः कोठा भाडा अस्तिको जति नै हो, छोराछोरीको स्कुल फी पनि बढ्या छैन, दाल, चामल, तेलमा कति खर्च हुन्छ मलाई पनि थाहा छ।
श्रीमतीः सधैं मीठो–मीठो चाहिनेलाई प्याजको मूल्य कति पुग्या छ, थाहा छ ?
श्रीमतीले प्याजको मूल्य प्रतिकेजी १ सय २० रुपियाँभन्दा बढी भएको बताउँदै गर्दा सुन्या नसुन्यै भएर अफिसतर्फ लागेका ती विद्वान्ले साथीहरूसँगको चिया गफमा प्याजको वास्तविक मूल्य थाहा पाएपछि सपनाबाट बिउँझेझैं झसंग भएछन्। अनि मनमनै भनेछन्– ‘धन्न बेलैमा थाहा पाइयो, विचरा बूढीलाई के–के शंका गर्न थालिसक्या थिएँ।’ अन्य विद्वान्ले कहिले थाहा पाउने हुन्, धरहरालाई चासो छ।

प्रतिक्रिया दिनुहोस्