धुर्मुस सुन्तलीको “एकीकृत नमुना सन्तपुर बस्ती”



काठमाडौं । हास्य कलाकार धुर्मुस सुन्तली सिताराम कटेल र कुञ्जना घिमिरे आजभोलि  सामाजिक सेवामा व्यस्त रहेका छन् । उनिहरुले घरबारविहीनहरुका लागि घर उपलब्ध गराई दिएका छन् । जति बयान गरेपनि नसकिने रहेका छन् ।

रौतहट जिल्ला, चन्द्रपुर नगरपालिका वडा नं. ८ स्थित सन्तपुर दलित बस्तीमा ‘एकीकृत नमुना सन्तपुर बस्ती’ निर्माण गरिरहेका छन्।

फाउण्डेशनले निर्माण गर्ने उक्त एकीकृत नमुना सन्तपुर बस्तीमा सुरक्षित, आधुनिक, भुकम्प प्रतिरोधी र नेपाल सरकारको मापदण्ड अनुसार २ तल्लाको ४ वटा कोठा हुने गरि १ शौचालय, धारा र बगैंचा समेत निर्माण गरिदैछ ।

बस्ती भित्र ४७ वटा आवासिय घर, १ मन्दिर, सार्बजनिक धारा र शौचालयहरु, सामुदायिक भवन, बिध्यालय, पाहुना घर र पुरै बस्ती अवलोकन गर्ने भ्यु टावरको समेतको आकर्षक र सुबिधासम्पन्न बस्ती निर्माण हुँदैछ ।

धुर्मुस सुन्तली ति बस्ती चाडो भन्दा चाडो सकाउनाका लागि लागिरहेका छन्

प्रतिक्रिया दिनुहोस्