रञ्जुले गरिन् निर्वाचन अगावै मतदान



नेपाल समाचारपत्र, काठमाडौं ।
गत स्थानीय निर्वाचनमा काठमाडौ महानगरपालिका विवेकशील पार्टीको तर्फबाट मेयर पदमा उठेर चर्चा कमाएकी रञ्जु दर्शनाले अहिलेको चुनाव भन्दा ४ दिन अगावै मतदान गरेकी छन् ।

काठमाडौंको धुम्बाराही स्थित नेसनल कलेजको स्टूूडेन्ट सोसाइटीका पदाधिकारी चयन गर्न उनले मतदान गरेकी हुन् । रञ्जु सोही कलेजमा डेभलपमेन्ट स्टडिज विषयकी चौथो वर्षकी छात्रा हुन् । विवकशिल साझा पार्टीकी केन्द्रिय सदस्य समेत रहेकी उनी कलेजकी नियमित छात्रा हुन् ।
आइतबार कलेजमा भएको निर्वाचनमा अन्य समकक्षीहरुसँगै लाइनमा बसेर रञ्जुले मतदान गरेकी थिइन् । सो निर्वाचनबाट मनिष मर्हजन अध्यक्ष पदमा निर्वाचित भएका छन भने उपाध्यक्षमा मनोज ढकाल, महासचिवमा किपा मैत्री तुलाधर र कोषाध्यक्षमा शौरभ रानाभाट निर्वाचित भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्