भूमीहिनलाई जग्गाको आश्वासन दिँदै उदयपुरका राजनीतिक दल



प्रतिनिधिसभा र प्रदेशसभाको आशन्न निर्वाचनमा राजनीतिक दलहरु चुनावी मैदानमा उत्रिएका छन् । उदयपुर जिल्लामा २ प्रतिनिधिसभा र ४ वटा प्रदेशसभाका लागि राजनीतिक दलहरु चुनावी मैदानमा छन् ।

उदयपुरमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बाम गठबन्धन र नेपाली कांग्रेसको बीचमा नै चुनावी प्रतिस्पर्धा हुने देखिन्छ । जिल्लामा कुल १ लाख ९३ हजार ९ सय १८ मतदाता रहेका छन् । १ नम्वर क्षेत्रमा १ लाख १४ हजार ५ सय ८६ र २ नम्वर क्षेत्रमा ८९ हजार ३ सय २७ मतदाता छन् । स्थानीय तहमा दलहरुले पाएको मतलाई हेर्ने हो भने बाम गठबन्धन १ नम्वर क्षेत्रमा ११ हजार ९ सय ५३ मत अगाडि छ । त्यस्तै २ नम्वरमा ८ हजार ४ सय ५९ मतले बाम गठबन्धन अगाडि छ ।

१ नम्बर क्षेत्रमा पूर्व शहरी विकास मन्त्री तथा कांग्रेस नेता डा.नारायण खड्का र पूर्व शहरी राज्यमन्त्री तथा एमाले नेत्री मञ्जु चौधरीको प्रतिस्पर्धा हुने गरेको छ । प्रतिनिधिसभा निर्बाचनमा डा.नारायण खड्का २ पटक र मञ्जु चौधरी १ पटक निर्काचीत हुनुभएको छ ।

उदयपुरको १ नम्वर क्षेत्रको २ ओटा प्रदेशसभामा १ र २ मा कांग्रेसबाट जिल्ला पार्टी सभापति र पूर्व सभापति क्रमशः विदुर बस्नेत र हिमाल कार्कीले उमेदवारी दिनु भएको छ ।

उदयपुरमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बाम गठबन्धनकोतर्फबाट प्रदेशसभा क्षेत्र नम्वर १ मा एमालेका पार्टी उपाध्यक्ष विमल कार्की र प्रदेशसभा क्षेत्र नम्बर २ मा मोओवादीबाट रामबहादुर थापा मगरले उमेदवारी दिनु भएको छ ।
उदयपुर जिल्लामा २ प्रतिनिधिसभामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बाम गठबन्धनको तर्फबाट सुरेशकुमार राई (हिमाल) र कांग्रेसकोतर्फबाट पूर्व सभासद नारायण बहादुर कार्कीले उमेदवारी दिनु भएको छ । २ वटा प्रदेश सभामा भने प्रदेशसभा क्षेत्र नम्वर १ बाट बामगठबन्धनका कला घले र नारायण बर्जामगरले भ¥याङ्ग चिन्ह लिएर बामगठबन्धनको सहयोगमा उमेदबारी दिनु भएको छ । कांग्रेसबाट प्रदेशसभा क्षेत्र नम्वर १ मा भेषराज मगर र २ नम्वर प्रदेशसभामा रामकुमार खत्रीले उमेदारी दिनु भएको छ ।

उदयपुर जिल्लाको विकास योजनाबारे प्रतिनिधिसभा र प्रदेश सभाका उमेदवाहरु सँग नेपाल समाचारपत्रका लागि दीपेन्द्र थापाले गरेको कुराकानीः

डा. नारायण खड्का
प्रतिनिधिसभा उम्मेदवार,
नेपाली कांग्रेस
उदयपपुर क्षेत्र नम्बर १ सँगै लामो समयदेखि म समग्र उदयपुरको विकासमा समर्पित छु । जिल्लाको समग्र विकास मैले हेरेको छु र गर्दै आएको छु । उदयपुर नेपालको मिनी नेपाल हो । यहाँ सबै किसिमको हावापानी पाइन्छ । नदी नाला सबै मठमन्दीर पर्यटकीय स्थल पाइन्छ । हिमाल, पहाड र मधेस छ । यसको बनोट पनि नेपाल जस्तै छ । प्राकृतिक रुपले पनि धनी रहेको छ । यस क्षेत्रका आम कृषकलाई कृषिकै माध्यमबाट आत्मनिर्भर बनाउने मेरो योजना छ ।
यहाँ सडक, पूल खानेपानी नदी नियन्त्रणको पनि काम भैरहेको छ । उदयपुरको चतारा, गाईघाट सिन्धुली भिमान हुँदै हेटौंडा—काठमाडौंसम्मको यातायातको पूर्वाधारको विकास हुँदैछ । यस सडकले पहाडी क्षेत्र हुँदै जाने हुनाले यहाँको जनतालाई राहत प्रदान गर्नेछ । पूर्व पश्चिमलाई जोडने छ । विकासको संभावनाको बोकेको जिल्ला हो । सुविधासम्पन्न विद्यालय बनेका छन् र केही बन्ने क्रममा छन् ।
त्रियुगा नदी नियन्त्रण उदयपुरको मूख्य काम हो । यहाँ करिव २५ ओटा खहरे खोलाहरु छन् । खोला नदी नियन्णका लागि राष्ट्रिय गरुयोजना बनिसकेको छ । उदयपुरे जनाता सबै जानकार छन् मैले शिक्षा, स्वास्थ्य, रोजगारका क्षेत्रमा काम गर्दै आएको छु । सडक विजुली खाने पानीको किकास गर्दै आएको छु । मेरो विकासप्रतिको लगानशीलता नै मेरो जितको आधार हो । उदयपुर जिल्लावासीको मायाँले नै दुई पटक भारि मतान्तरले उदयपुर जिल्ला क्षेत्र नं १ बाट निर्वाचित भएको हुँ ।
उदयपुर जिल्लाको सदरमुकाम गाईघाट जोड्ने पुलको विकास देखि लिएर नमुना पुस्तकालय भवन बनाएको छु । शिक्षाका क्षेत्रमा मैले विद्यालयमा करोडौं रुपैयाँका भवन निर्माण गरेको छु । खानेपानीको उचित व्यावस्थापन देखी गाविसमा एम्बुलेन्सको व्यवस्था सम्म गदै आएको छु ।
यस क्षेत्रमा रहेका आम सुकुम्बासी नागरिकलाई आवश्यक कानुन निर्माण गरेर जग्गा धनी प्रमाण पूर्जा बितरण गर्नेछु । यी बाहेक शिक्षा, स्वास्थ्य, खानेपानी, सडक यातायात लगाएतका क्षेत्रमा पनि काम गर्नुछ । जनताले विगतका मैले गरको कामको आधारमा जनताको भावना अनुसार काम गरेको छु । म दुई दशकदेखि निरन्तर यस क्षेत्रका जनताको जीवनस्तर उकास्न लागिरहेको छु ।
मेरो पहलमा एयरपोर्ट निर्माणका लागि प्रारम्भिक (वाताबरण प्रभाव मुल्याङकन) को काम भैरहेको छ । त्यसैले यहाँका आम जनताले मलाई यस पटक मतदान गर्नुहुन्छ । र, थप विकासका काम गर्ने मौका दिनु हुनेछ भन्ने कुरामा पूर्ण विश्वस्त छु ।

मञ्जु चौधरी
प्रतिनिधिसभा उमेदवार,
नेकपा एमाले बामगठबन्धन
क्षेत्र नम्बर १
उदयपुरमा त्रियुगा नदी नियन्त्रणको काम नै मुख्य काम हो । खेतीयोग्य जमिन वर्सेनी काटान गर्छ । किसान मजदुरको समस्या हल गर्नुछ । स्कुलमा दरबन्दीहरु थप्नु छ । पर्यटकीय क्षेत्रको पहिचान र विकास गर्न चाहेको छु । स्वास्थ्य सेवा पानी राम्ररी पुगेको छैन । ठूलो चुनढुंगा खानी छ । धेरै सिमेन्ट फ्याक्ट्री छन् । अरु पनि धेरै उद्योग बन्द छन् । ऐतिहासिक धरोहरहरुलाई पर्यटकीय क्षेत्र बनाउने योजना छ । रोजगारी बढाउनु छ । पूल नभएका ठाउँमा बनाउनु छ । त्यसलाई समाधान गर्ने छु । तटबन्धको आवश्यकता छ । नेकपा एमालेका केपी शर्मा ओलीको नेतृत्वको सरकारमा माओवादी पनि सहभागी थियो त्यो समयमा मैले राजमार्ग धिमा गतिमा गइराखेको थियो त्यसलाई तीव्र गतीमा निर्माणका लागि पहल गराउन पहल गरेको थिएँ । १८ अर्ब रकम राजर्माग निमार्णको लागि मैले छुट्याउन लगाएको थिएँ । सरकारमा हामी सहभागी भएको समयमा राजर्माग निमार्णलाई तीव्रता दिने काम भयो । सदरमुकाम गाईघाटमा सभाहल निमार्ण हुँदैछ । ३५ करोडको लागतमा त्यसभित्र दुइवटा अथिति हल समेत निमार्ण हुनेछ ।
शासकीय क्षमता विकास कार्यक्रम सञ्चालन गरी नमुना सहर निमार्ण गर्ने लक्ष्यका साथ म राज्यमन्त्री हुदाँ २१७ वटा नगरपलिका मध्ये १६ वटा नगरपलिकालाई छुट्याएको थिएँ । बस्ती विकास, जनता आवास काकार्यक्रमहरु उदयपुर जिल्लाको १ र २ निर्वाचन क्षेत्रका सबै स्थानमा मैले मेरो कार्यकालमा योजना, बजेट २०, ४०, ५० लाख रकम बराबरको योजना परेको छ ।
मेरो नवनिर्वाचन क्षेत्रमा १० वटा गाविस थिए । जहाँ ०७० सालमा म भोट माग्न जाँदा म पैदलगएको थिएँ अहिले ती सबै स्थानमा गाडी चढेर भोट माग्न गएँ ।
बामगठबन्धनले जनता उत्साहित भएका छन् जसले गर्दा मैले मेरो क्षेत्रमा दुई तिहाई भन्दा बढी मत ल्याएर जित्छु ।

विमल कार्की
प्रदेशसभा १ (क) नेकपा एमाले
उदयपुरमा हामी आर्थिक समृद्धीका प्याकेज अगाडि सार्दै औद्योगीकीकरणको क्षेत्रमा विशेष फोकस गर्छौँ । स्वदेशी र विदेशी लगानी भित्र्याउने, सिमेन्ट उत्पादनको हब बनाउने चाहना छ । कृषिक्षेत्रमा पनि आधुनिकरण गर्छौं । भौतिक पूर्वाधारको निर्माणमा काम गर्नेछौं । मेरो निर्वाचन क्षेत्रमा अहिले ६० प्रतिशतभन्दा बढी ऐलानी जग्गा छ । त्यसको लागि जसले भोगचलन गरेको छ ।

लालपूर्जा उपलब्ध गराउँछौं । अव्यवस्थित बसोबासलाई व्यवस्थित बनाउँछौ । त्रिजुगा नदीले बाढीको प्रकोप भित्र्याएको छ । खोला र खहरेलाई जैविक र भौतिक प्रविधि दुवै प्रयोग गरेर दिगो विकाससहित बाँध निर्माण गर्छौँ ।

वर्सेनी नदी कटान भएको छ, त्यसलाई नियन्त्रण गर्छौं । हरेक घरमा विजुली बत्ती, खानेपनीको सुविधा, सरकारी विद्यालयमा साधन स्रोत सम्पन्न पार्छौं । हरेक वस्तीमा सडक सञ्जाल बनाउँछाँै ।

विदुर बस्नेत
उदयपुर प्रदेशसभा १ (क)
नेपाली कांग्रेसः

हाम्रो क्षेत्र भनेको त्रियुगा नदीले आक्रान्त भएको भूमी हो । यहाँको कृषि योग्य जमिन हरेक वर्ष नदीले कटान गरिरहेको छ । नदी नियन्त्रण गर्नु यहाँको पहिलो आवश्यकता हो । यहाँको ठूलो समस्या भनेको अव्यबस्थित बसोबास हो । यहाँ धेरै जग्गा नापी हुन सकेको छैन । जसको लागि व्यवस्थित बसोबास हुनेपर्ने देखिन्छ । नेपाली कांग्रेसले प्रदेशको सरकार बनेपछि यसको विकासको लागि काम गर्नेछ । बाटो, सिँचाई, स्वास्थ, शिक्षामा पनि हामी यस क्षेत्रमा काम गर्नुु पर्नेछ । माओबादी र एमालेका साथीहरु पनि नेपाली कांग्रेसमा आउनु भएको छ । हम्रो जीतको आधार यो पनि हो । व्यतिगत भोटले पनि हाम्रो उचाई माथि रहेको छ । अरु पार्टीका साथिहरुको तुलनाम हामी सबल रहेका छौं । हाम्रो पार्टीका नेता डा. नारायण खड्काले २ कार्यकाल विजय हासिल गरिसक्नु भएको छ । जनाता र नेपाली कांग्रेसबीच यो क्षेत्रमा विगत देखिनै भावनात्मक सम्वन्ध छ । हामीले गरको विकास निर्माणको धरै कामबाट जनाता सन्तुष्ट छन् ।
यहाँको चौधरी समुदायसँग हाम्रो पारिवारिक सम्वन्ध र विश्वास छ । पार्टीको र मेरो राजनीतिक इमान्दारीतनै मेरो जितका आधार हो ।

रामबहादुर थापा मगर
प्रदेश सभाका उम्मेदवार १ (ख)
नेकपा एमाले उदयपुर
हाम्रो योजना भनेकै विकास निर्माण र जनताको समृद्धी हो । हाम्रो वाम गठ्बन्धनकै मुख्य नारा भनेको समृद्ध नेपालको स्थापना हो । स्थिर सरकार र विकासको लागि मलाई जिताउनुपर्ने आवश्यक छ । म पहिला पूर्वसभासद भएको नाताले नीति निर्माणमा पनि अनुभव रहेको छ । त्यसैले पनि फेरि मौका पाए जनताका लागि काम गर्नेछु । नेता भन्दा नीति ठूलो हो । नीतिले नेतालाई दोहो¥याउँछ । त्रियुगा नगरपालिका देशकै सबैभन्दा ठूलो क्षेत्रफल भएको नगरपालिका हो । मेट्रोसिटी बन्ने सम्भावना छ । एसियाकै सबैभन्दा ठूलो सिमेन्ट कारखाना गाईघाटमा छ । जसले ४० प्रतिशत भन्दा बढी काम गर्न सकेको छैन । सतप्रतिशत यसको उत्पादनमा गराएर राष्ट्रिय आयमा टेवा पु¥याउने काम गर्न जरुरी छ । यहाँ स्वास्थ्य सेवामा पनि ध्यान दिनु आवश्यक छ ।
सहर ठूलो भइसक्यो तर स्वास्थय सेवा राम्रो छैन । मेरा चुनावी मतदाताहरुलाई पाँच वर्षमा पूर्ण निःशुल्क स्वास्थ्य सेवादिने योजना छ । कोही पनि बिरामी औषधी नपाएर नमरोस् । अर्को शिक्षा पनि निःशुल्क गर्ने योजना छ । सम्भव भएसम्म जसले प्ल्स टु बिएमा राम्रो नम्बर ल्याएका छन् उनीहरुलाई स्नातकोत्तरमा छात्रवृत्ति दिने । तराईका फाँटहरुमा जौ खेती, धान अनि माथि चाहिँ मकै, कोदो खेती, औषधीमूलक जडीबुटी, नगदे तथा खाद्यबालीको क्षेत्रमा पनि काम गर्ने मेरो योजना छ ।

हिमाल कार्की
प्रदेश सभाका उमेदवार १ (ख) नेपाली कांग्रेस उदयपुर
समग्र मुलुकको विकासको एजेन्डा त सबैलाई थाहा छँदै छ । मेरो क्षेत्रको कुरा गर्दा शिक्षा, स्वास्थ्य यातायात खानेपानी समस्यामा समाधान गर्नुपर्ने देखिन्छ । मुख्य रुपमा पहिलो प्राथमिकता त्रियुगा नदीले दुःख दिइरहेको छ । वर्सेनी हजारौं हेक्टर उर्बर भूमी कटान गरेर खेती योग्य जमिन नष्ट गरिरहेको छ । त्रियुगा नदीलाई चाँहि वडा नं. ७ को भोग्से देखि वडा नं १ को जागीदहसँग दुवैतर्फ तटबन्ध निमार्ण गरी नदी नियन्त्रण गर्नुपर्ने छ । दुवैतर्फ सडक निमार्ण गर्ने र त्यहाँ बाट बाँकी रहेको जग्गामा हजारौं सकुम्बासीलाई बसोबास गर्न भौतिक संरचना निर्माण गर्नुपर्नेछ । सरस्वती, शाही, खानी खोला लगायतका नदीलाई नियन्त्रण गर्दै वर्सेनी हुने कटानको क्षतिबाट बचाउने र हजारौं बिगा जग्गाहरु निकालेर व्यवसायिक तरिकाले कृषिमा प्रयोग गरी कृषि व्यवासायबाट पनि आय आर्जनको माध्यम बनाएर यहाँका गरिब किसानहरुको आयस्तर माथि उठाउने अर्का एजेन्डा छ ।
नगरपालिका भित्र नयाँ सडकको रुपमा बाहिर रिङरोड बनाउने मेरो योजना छ । सिपरो देखि चिलाउने भञ्जयाड हुँदै बेल्लवाबानसम्मको सडक स्तारन्नती गरेर १२ महिना सवारी साधन चल्न सक्ने बनाउने । बाबरी—बेल्लवबान—मुसिडटार सडक निमार्ण गर्ने । यो क्षेत्रमा रहेका नदीबाट विद्युत उत्पादन गरेर त्रियुगा यो क्षेत्रलाई विद्युतमा आत्मनिर्भर बनाउने ।
स्थानीय तहको निर्वाचनलाई हेरेर अहिले जनता भोट हाल्ने पक्षमा छैनन् । स्थानीय तहमा हिजो आएको मतलाई अहिले आएको निर्वाचनलाई दाँजेर हेर्न मिल्दैन । अहिलको बामगबन्धन भनेको नेताहरुले कुर्सी प्राप्तका लागि मात्र गठबन्धन गरेको बुभिएको छ जसले गर्दा तल्लो तहका कार्यकर्ता तथा मतदाताहरु खुशी छैनन् । वामगठबन्धनले उदयपुरको निर्वाचनलाई केहि असर गर्दैन ।

०७० सालको निर्वाचनमा डाक्टर नारायण खड्का लडेको क्षेत्रबाट एमाले माओवादीको भोट गन्दा पनि उहाँको जति पुग्दैन । यो क्षेत्रमा हेर्दा ३ देखि ४ हजारको फरक छ । स्थानीय तहको मत हेर्दा स्थानीय समस्या र स्थानीय उमेदवारबाट आएको मतलाई लिएर प्रदेश प्रतिनिधिसभाको निर्वाचनलाई दाँजेर हेर्न मिल्दैन ।
५ वर्ष नेपाली कांग्रेसको पार्टी सभापति भएँ, ०६२∕०६३ को जनअन्दालोनमा पनि नेतृत्वदायी भूमिका निर्वाह गरें । दैनिक जनताको समस्या समाधान गर्न जनताको माझमा रहेका कारण मेरो अहिलेसम्मको राजनीतिक पृष्ठभूमिममा सबैसाथीभाई र जनताले विश्वास गरेका छन् ।

सुरेशकुमार राई(हिमाल)
प्रतिनिधिसभाको उमेदबार क्षेत्र नं. (२) माओबादी केन्द्र
मेरो पहिलो एजेन्डा संघीय गणतन्त्र नेपालको संविधान कार्यान्वयन, दोस्रो वामगठबन्धनलाई विजय गराउने, बहुमतको सरकार निमार्ण गर्ने र मुलुकमा रहेको साना ठूला कम्यिनुष्ट पार्टीहरुलाई एकता कायम गरेर शक्तिशाली पार्टी निमार्ण गर्ने, चाथौ समाजवादी व्यवस्था स्थापना गर्न सिंगो देशलाई नेतृत्व गर्ने, लामो समयसम्म मुलुकलाई नेतृत्व गर्ने र केन्द्र प्रदेश र स्थानीय सरकारको योजनालाई आम जनताको विकास निमार्ण र आर्थिक समृद्धिको लागि राज्य अभियानको नेतृत्व गर्ने एजेन्डाहरु रहेको छ । गाँस, वास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार, पानी विद्युतको समस्या छ । यसको समाधान बहुमतको सरकारले मात्र गर्न सक्छ भन्ने एजेन्डा मुख्य रुपमा लिएका छौं ।
राजनीतिक स्थायित्वको निम्ति विकास निमार्ण र आर्थिक समृद्धिको लागि एकीकृत अभियान छ, त्यसमा सम्पूर्ण देश भक्त, राष्ट्वादी, गणतन्त्रवादी, देशभक्त प्रगतिशिल हरुको केन्द्रको आशा भनेको वामगठबन्धनको उमेदवार र वामगठबन्धप्रति रहेको कुरा सबैलाई थाहा छ । त्यसैले अब आउने मंसिरमा हुने निर्वाचनमा उदयपुरको ६ वटै निर्वाचन क्षेत्र जहाँ ४ वटा प्रदेश र २ वटा प्रतिनिधि सभाको निर्वाचन क्षेत्र पर्छ जहाँ हामी बहुमतले जित्दै छौं ।
अहिले जम्मा ७५ वटा वडा छ । उदयपुर जिल्लामा यसमध्ये मेरो २ नम्बर क्षेत्रमा ४० वटा वडा निर्वाचन क्षेत्रमा पर्दछ । ४० वटौ वडामा १ महानगरपालिका र ४ वटा नगरपालिकामा अभियानहरु सम्पन्न गरेर २ नम्बर क्षेत्रको केन्द्रको रुपमा रहेको कटारी क्षेत्रमा छु । यहाँसम्म आइपुग्दा जनताहरुमा हामीप्रति उत्साह देखिएको छ । विपक्षीहरुले खासगरेर कांग्रेस अन्य साना दलहरुका उम्मेदवारहरुको दुरुपयोग गरेर जनतालाई भ्रम फैलाउने काम गरेका छन् त्यो चाँहि जनताले स्वत निस्तेज गरेको स्थिति छ ।

कला घले
प्रदेशसभाको उमेदबार
उदयपुर क्षेत्र नम्बर २ को (क)
एमाले उमेदबार 
मैले उमेदबारी दिएको १९ बडा र एक नगरपालिका र एक गाउँ पालिका पर्छ । स्वस्थय, सडक, विजुली, खानेपानी लगायतको समस्याहरु छन् । शिक्षाको उचित प्रवन्ध गर्नु पर्नेछ । म विजय भएँ भने नीतिगत रुपमै यहाँको समस्यालाई समधानको लागि अगाडि बढ्ने छु । विरोजगारको समस्यालाई समधान गरि अगाडि बढ्ने छ । अव्यवस्थित बसोवसको समस्यालाई समाधान गर्नेछु ।
धेरैसँग बसोेबास भए पनि उनीहरुले लाल पूर्जा पाएका छैनन् । यसको समाधानका लागि मैले प्राथमिकता राखेको छु । नीतिगत समस्यालाई सम्वोधन गरेर अव आउने वामपन्थि सकरकारले उचित स्थान दिने विश्वास लिएको छु । मैले निष्ठाको राजनीति गरेको छु । राजनीतिक इमानदारिता कायम राखेको छु । आम जनमानसको सुख दुःखमा मैले सकेको सहयोग गर्दै आएकाले म पूर्ण विश्वस्त छु म जित्छु भन्नेमा ।

रामकुमार खत्री
नेपाली कांग्रेस,उदयपुर
क्षेत्र २ को प्रदेश सभा (ख)
मिर्चैयादेखि पूर्वीसम्मको रोड चौडा बनाउने, मितेरी भन्ज्याङबाट थाना गाउँसम्म जाने बाटो बनाउने एजेण्डा छ । कृषि क्याम्पसको सुरुवात भैसकेको छ । टेक्निकल क्यापसहरु स्थापना गराउने, मेरो प्रदेशमा खानेपानी, उपस्वास्थ्य चौकीबाट स्वास्थ्यमा वृद्धि गर्ने, सिचाइँको व्यवस्था गर्ने मेरो एजेण्डा हो ।

कटारी नगरपालिकामा खहरे खोलासामा बाँध तटबन्धको व्यवस्था गर्ने मेरो योजना छ । अहिलेको निर्वाचन फरक किसिमको निर्वाचन भएकाले जनता कुनै पनि पार्टीका छैनन् । जनताले न्याय संगत निर्णय गर्छन् ।
मलाई भोट दिन्छन् भनेर विश्वस्त छु । जनताको सुख दुःखमा काम गरेको छु । जनताको दुःख परेको बेला उहाँहरुसँग प्रत्यक्ष रुपमा भेटेको छु ।

नारायण वुर्जा
उदयपुर क्षेत्र नम्बर २ को (ख)प्रदेशसभाका उमेदार भ¥याङ चिन्ह (स्वतन्त्र)
स्थानीय सरकार गठन भैसकेको अबस्था छ । आसन्न निर्वाचनले प्रदेशसभा र प्रतिनिधिसभाका उमेदबार तय गर्नेछ । बाम गठबन्धको स्थाई सरकार बनेपछि नयाँ आयमको शुरुवात हुने छ । खानेपानी, विद्युत, सडक, स्वास्थय, शिक्षा जस्ता समस्याहरुलाई दिगो सरकारले हल गर्दै जानेछु । उदयपुरको जनतालाई तीब्र विकास चाहिएको छ । खासगरि रोजगार स्वास्थ शिक्षा सडकको स्तर उन्नती गर्नु पर्नेछ । पलायन भएका युवालाई स्वदेशमै श्रमको ग्यारिन्टी गर्नु पर्नेछ यसका लागि मैले काम गर्ने योजना बनाएको छ ।
२७ वर्षदेखि जनताको सेवमा समर्पित छु । सबै सँग चिपरिचित छु । आम मतदाताको सुखदुःखमा साथ दिँदै आएको छु । जिल्लाको सामजिक संघ संस्थामाहरु मार्फत सामजिक कार्यमा समेत काम गर्दै आएको छु, यी नै चुनाव जित्ने आधार हुन् ।
म साधारण परिबारबाट उठेर राजनीती गदैं यहाँसम्म आएको छु । उदयपुर जिल्ला भौगोलीक रुपमा विकट छ । यहाँका जनतले कस्तो समस्या भोगिरहेका छन् भन्ने लाई थाहा छ । म विजय भए पछि सधैँ उदयपुर बासीको सेवामा समर्पित रहनेछु ।

प्रतिक्रिया दिनुहोस्