आँबुखैरेनीबाट पेस्तोल सहित तीन यूवा पक्राउ 



सन्तोष अधिकारी, गोरखा ।
तनहुँको आँबुखैरेनीबाट आज विहान तीन बजे ४ वटा पेस्तोल र ४५ थान गोलीसहित स्थानीय ३ युवालाई प्रहरीले सोमबार बिहान पक्राउ गरेको छ ।
गोली र पेस्तोलसहितका युवा रहेको स्थानीयकै विशेष सुराकीको आधारमा विशेष सुरक्षा व्यवस्था सहित प्रहरीले उनीहरुलाई समातेको इलाका प्रहरी चौकी आँबुखैरेनीका प्रमुख लोकबहादुर गुरुङले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा आँबुखैरेनीकै स्थानीय २८ वर्षीय अभियान श्रेष्ठ, २४ वर्षीय विजय गुरुङ र २६ वर्षीय जय गुरुङ रहेका छन् । गुरुङ नेतृत्व टोलीसहित, नेपाली सेनाको कृष्णदल गण ढकालटारका प्रमुख सेनानी अशोककुमार कार्की नेतृत्व टोली र सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक चन्द्रकुमार थापाको टोलीले ती युवालाई समात्न सफल भएको हो ।
सेना र प्रहरी टोलीले आइतबार रातिदेखि नै खोजी गरेपनि ती युवा सोमबार बिहानमात्रै पक्राउ  परेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्