उदयपुरको चुनावी भिडन्त



उदयपुरको विकास योजनाबारे प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवाहरूसँग नेपाल समाचारपत्रका लागि दीपेन्द्र थापाले गरेको कुराकानीः

सुरेशकुमार राई (हिमाल)
प्रतिनिधिसभाको उम्मेदवार क्षेत्र नं. २
माओवादी केन्द्र

मेरो पहिलो एजेन्डा संघीय गणतन्त्र नेपालको संविधान कार्यान्वयन, दोस्रो वाम गठबन्धनलाई विजय गराउने, बहुमतको सरकार निर्माण गर्ने र मुलुकमा रहेको साना–ठूला कम्युनिस्ट पार्टीहरूलाई एकता कायम गरेर शक्तिशाली पार्टी निर्माण गर्ने, चौथो समाजवादी व्यवस्था स्थापना गर्न सिंगो देशलाई नेतृत्व गर्ने, लामो समयसम्म मुलुकलाई नेतृत्व गर्ने र केन्द्र प्रदेश तथा स्थानीय सरकारको योजनालाई आम जनताको विकास निर्माण र आर्थिक समृद्धिका लागि राज्य अभियानको नेतृत्व गर्ने एजेन्डाहरू रहेको छ।


कला घले
प्रदेशसभाको उम्मेदवार
उदयपुर क्षेत्र नं. २ ‘क’
एमाले

मैले उम्मेदवारी दिएको १९ वडा, एक नगरपालिका र एक गाउँपालिका पर्छ। स्वस्थ्य, सडक, बिजुली, खानेपानीलगायतको समस्याहरू छन्। शिक्षाको उचित प्रबन्ध गर्नु पर्नेछ। म विजयी भएँ भने नीतिगतरूपमै यहाँको समस्यालाई समधानका लागि अगाडि बढ्नेछु। बेरोजगारको समस्यालाई समाधान गरी अगाडि बढ्नेछु। अव्यवस्थित बसोबासको समस्यालाई समाधान गर्नेछु।

लामो समयदेखि बसोबास गर्दै आएका स्थानीयबासीले अझै लालपूर्जा पाएका छैनन्। यसको समाधानका लागि मैले प्राथमिकतामा राखेको छु।

रामकुमार खत्री
प्रदेशसभाको उम्मेदवार
उदयपुर क्षेत्र नं. २ ‘ख’
नेपाली कांग्रेस

मिर्चैयादेखि पूर्वीसम्मको रोड चौडा बनाउने, मितेरी भञ्ज्याङबाट थाना गाउँसम्म जाने बाटो बनाउने एजेन्डा छ। कृषि क्याम्पसको शुरुआत भइसकेको छ। टेक्निकल क्याम्पसहरू स्थापना गराउने, खानेपानी व्यवस्थापन गर्ने, स्वास्थ्य चौकीको विकास गर्ने, सिँचाइको व्यवस्था गर्ने, कटारी नगरपालिकामा खहरे खोलामा बाँध तटबन्धको व्यवस्था गर्ने मेरो योजना छ।

नारायण वुर्जा
प्रदेशसभाको उम्मेदार
उदयपुर क्षेत्र नं. २ ‘ख’
(स्वतन्त्र)
भर्याङ चिह्न

आसन्न निर्वाचनले प्रदेशसभा र प्रतिनिधिसभाका उम्मेदवार तय गर्नेछ। वाम गठबन्धनको स्थायी सरकार बनेपछि नयाँ आयमको शुरुआत हुनेछ। खानेपानी, विद्युत्, सडक, स्वास्थ्य, शिक्षाजस्ता समस्याहरूलाई दिगोरूपमा हल गर्दै जानेछु। २७ वर्षदेखि जनताको सेवामा समर्पित छु। आम मतदाताको सुख–दुःखमा साथ दिँदै आएको छु। जिल्लाको सामाजिक संघ–संस्थाहरू मार्फत सामाजिक कार्यमा समेत काम गर्दै आएको छु। यी नै चुनाव जित्ने आधार हुन्।

प्रतिक्रिया दिनुहोस्