कामना फिल्म अवार्डस् पुस २२ मा



नेपाल समाचारपत्रको सहप्रकाशन सिने मासिक कामनाले आयोजना गर्दै आएको कामना फिल्म अवार्डस्को तेस्रो संस्करण आगामी पुस २२ गते शनिबार राजधानीमा हुने भएको छ। ३ दशकभन्दा लामो यात्रा पार गरेको अवसरमा कामनाले सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा २०७१ सालबाट थालनी गरेको सिजी कामना फिल्म अवार्डस् राजधानीको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा हुन लागेको हो।



कामनाको आयोजना तथा सिजी इन्टरटेनमेन्टको प्रस्तुतिमा हुने लक्स कामना अवार्डस् २०७४ मा गत वर्षबाट बहुराष्ट्रिय कम्पनी युनिलिभिर नेपालको उत्कृष्ट सौन्दर्य साबुन लक्सको समेत सहकार्य थपिएको छ। लक्स कामना फिल्म अवार्डस् २०७४ मा छक्का पञ्जा सर्वाधिक धेरै १७ विधाको मनोनयनमा परेको छ। दीपाश्री निरौलाको डेब्यु निर्देशनमा बनेको छक्का पञ्जा उत्कृष्ट चलचित्र, नवनिर्देशक, कथा, पटकथा, संवाद, अभिनेतृ, सहअभिनेता, सहअभिनेतृ, खलपात्र, हास्य कलाकार, पाश्र्व गायक, नृत्य निर्देशक, पाश्र्व संगीत, छायांकन, सम्पादन र ध्वनि मिश्रण विधाको मनोनयनमा परेको छ। यो चलचित्रबाट पाश्र्व गायकमा दुई गायक राजनराज शिवाकोटी र कृष्ण काफ्ले मनोयनमा परेका छन्।

प्रदीप भट्टराईको डेब्यु निर्देशनमा बनेको जात्रा र हेमराज बीसीको गाजलु १४–१४ विधाको मनोयनमा परेको छ। जात्रा उत्कृष्ट चलचित्रका साथमा नवनिर्देशक, अभिनेता, अभिनेतृ, सहअभिनेता, खलपात्र, हास्य कलाकार, बाल कलाकार, पटकथा, संवाद, सम्पादन, शृंगार, ध्वनि मिश्रण र पाश्र्व संगीत विधाको मनोनयनमा परेको छ। हेमराज बीसीद्वारा निर्देशित चलचित्र गाजलु उत्कृष्ट चलचित्रसँगै निर्देशक, अभिनेता, सहअभिनेता, सहअभिनेतृ, हास्य कलाकार, नवअभिनेतृ, कथा, पटकथा, संवाद, छायांकन, सम्पादन, शृंगार र ध्वनि मिश्रण विधाको मनोनयमा परेको छ।

निश्चल बस्नेतद्वारा निर्देशित चलचित्र लुट–२ उत्कृष्ट निर्देशक, हास्य कलाकार, बाल कलाकार, संगीतकार, गायिका, नृत्य निर्देशक, पाश्र्व संगीत, द्वन्द्व निर्देशक, छायाँकार, सम्पादक र शृंगार गरी ११ विधाको मनोनयमा परेको छ। आकाश अधिकारीद्वारा निर्देशित के म तिम्रो होइन र उत्कृष्ट चलचित्रसहित निर्देशक, सहअभिनेता, नवअभिनेता, नवअभिनेतृ, पाश्र्व गायक, पाश्र्व संगीत, द्वन्द्व निर्देशक, शृंगार र ध्वनि मिश्रण गरी १० विधाको मनोनयनमा परेको छ। त्यसै गरी बाटोमुनिको फूल–२ र डाइङ क्यान्डल (निभ्न लागेको दियो) ९–९ विधाको मनोयनमा छन्। बाटोमुनिको फूल उत्कृष्ट निर्देशक, सहअभिनेता, सहअभिनेतृ, कथा, पटकथा, संवाद, गीतकार, गायिका, पाश्र्व संगीत तथा नरेशकुमार केसीद्वारा निर्देशित डाइङ क्यान्डल उत्कृष्ट चलचित्र, अभिनेतृ, नवनिर्देशक, बाल कलाकार, कथा, पटकथा, छायांकन, सम्पादन र शृंगार विधाको मनोनयमा परेको छ। चलचित्र शब्द नवनिर्देशक, अभिनेता, नवअभिनेतृ, बाल कलाकार, संवाद, गीतकार, गायक र छायाँकार गरी ८ विधा तथा वीरविक्रम उत्कृष्ट अभिनेता, नवअभिनेतृ, खलपात्र, संगीतकार र पाश्र्व गायक गरी ५ विधाको मनोनयमा परेको छ। ऋषि लामिछानेद्वारा निर्देशित चलचित्र किस्मत–२ पनि गीतकार, गायिका, द्वन्द्व निर्देशक, नवअभिनेता र नृत्य निर्देशक गरी ५ विधाको मनोनयनमा परेको छ।

दीपकराज गिरी यस वर्ष छक्का पञ्जाबाट खलपात्र विधाको मनोयनमा परेका छन् भने सोही फिल्मबाट उनी कथा पटकथामा पनि मनोनयमा परेका छन्। संवादमा उनीसहित केदार घिमिरे र जितु नेपाल मनोनयनमा परेका छन् भने यो एउटै फिल्मबाट केदार घिमिरे र बुद्धी तामाङ हास्य कलाकारको मनोनयमा छन्। ताराप्रकाश लिम्बु चलचित्र वीर विक्रमबाट संगीतकार र गायकको मनोनयनमा परेका छन् भने पुरुषोत्तम प्रधान छक्का पञ्जा र लुट–२ बाट छायाँकार, कविराज गहतराज छक्का पञ्जा, किस्मत र राधा गरी ३ चलचित्रबाट नृत्य निर्देशक, एस कुमार एउटै फिल्म बाटोमुनिको फूलबाट कथा, पटकथा, संवाद गरी ३ विधा, हेमराज बीसी गाजलुबाट कथा, पटकथा र निर्देशन गरी ३ विधा, प्रदीप भट्टराई पटकथा, संवाद र नवनिर्देशक गरी ३ विधा, संवाद र नवनिर्देशक गरी ३ विधा, अर्जुन पोखरेल गीतकार र संगीतकार गरी २ विधा, नरेशकुमार केसी कथा, सुरेन्द्र पौडेल गाजलु र लुट–२ बाट सम्पादक, सरोज बुढाथोकी डाइङ क्यान्डल र गाजलुबाट शृंगार तथा उत्तम न्यौपाने गाजलु र चपली हाइट–२ बाट ध्वनि मिश्रण विधाको मनोनयमा परेका छन्। उत्कृष्ट ५ को मनोनयन गर्ने व्यवस्था भए पनि पाश्र्व गायक र छायांकन विधामा निर्णायक मण्डलीबाट बराबर अंक पाएका कारण उत्कृट ६ जनाको सूची आएको छ।

अवार्ड समारोहमा चलचित्र क्षेत्रमा पुर्याएको योगदानको आधारमा कला र प्रविधि क्षेत्रबाट एक–एक जनालाई जनही १ लाख रुपियाँ नगदसहित कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफ टाइम अचिभमेन्ट अवार्ड) अर्पण गरिनेछ। त्यसै गरी निर्णायक मण्डलको निर्णयका आधारमा प्रतियोगितामा रहेको एक फिल्म, कलाकार वा प्राविधिकलाई जुरी अवार्ड प्रदान गरिनेछ भने संगीत, फेसन र नाट्य विधामा सिजी क्रिटिक्स अवार्ड पनि प्रदान गरिनेछ।

प्रतिक्रिया दिनुहोस्