बिप्लब निकट विद्यालयका प्रधानाध्यापक पक्राउ



रामधन राई, खोटाङ ।
खोटाङमा नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी निकट अखिल नेपाल शिक्षक संगठनमा आवद्ध प्रधानाध्यापक पक्राउ परेका छन् ।

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका क्रममा चुनाव बिरोधी गतिविधिमा संलग्न भएको आरोपमा लामिडाँडा गाउँपालिका–१ कुभिन्डेस्थित रत्नराज्यलक्ष्मी आधारभुत विद्यालयका प्रअ शेखर पोखरेल पक्राउ परेका हुन् ।

सोही गाउँपालिका–२ खार्पा स्थायी ठेगाना भएको पोखरेललाई जिल्लामा भएको चुनावका समयमा उम्मेदवार, नेता तथा जनप्रतिनिधिको घरजग्गा कव्जा गर्ने, बम बिष्फोट गराउने लगायतका गतिविधिमा संलग्न भएको सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताउनुभयो ।

पोखरेललाई शनिबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्