स्याङजा क्षेत्र नम्बर २ मा चुनावी महोल तात्योः गोपालमानलाई पल्टाउने दाउमा पदमा



नेपाल समाचारपत्र, स्याङजा ।
स्याक्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसबाट उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ र वाम गठबन्धन तर्फबाट एमाले केन्द्रीय सदस्य पदमा अर्याल चुनावी प्रतिस्पर्धामा छन्। उनीहरु दवै दावेदार मानिएको छ । तत्कालीन क्षेत्र नम्बर २ बाट पटक –पटक निर्वाचित हुँदै अएका श्रेष्ठ यसपटक पनि आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन् ।

गोपालमान श्रेष्ठ २०४८ र २०५६ सालको आमनिर्वाचन अनि २०६४ को संविधानसभा निर्वाचनमा विजयी भएका थिए। दोस्रो संविधानसभामा भने उनी समानुपातिक सदस्य बनेका थिए। आँधीखोला र कालिगण्डकीमा पुल निर्माण, सडक निर्माण, कृषि क्याम्पस बनाउने योजनालगायतका कामका कारण जिल्लावासीले आफूलाई विकासप्रेमी नेताका रूपमा चिनेको उनी बताउँछन्।

प्रतिशपर्दामा रहेकी पद्मा पनि आफू निर्वाचित हुने दाबी गर्छिन्। वाम गठबन्धनका कारण आफ्नो विजय सुनिश्चित भएको उनी बताउँछिन्। ‘समृद्ध स्याङ्जा’लाई चुनावी एजेन्डा लिएर चुनावी मैदानमा उत्रिएकी अर्यालले आँफुलाई यसपटक काम गरेर देखाउने अवसर दिनको लागि आग्रह गर्छिन । २०५६ सालको आमनिर्वाचनमा पनि अर्याल र श्रेष्ठबीच प्रतिस्पर्धा भएको थियो। त्यस बेलाको पराजयको बदला लिने रणनीतिमा देखिएकी छन् ।

प्रतिनिधिसभातर्फ दुई र प्रदेशसभामा चार क्षेत्र रहेको स्याङ्जामा वाम गठबन्धनसहित अन्य नौ दल चुनावी प्रतिस्पर्धामा रहेका छन्। कांग्रेसले क्षेत्र नम्बर २ को प्रदेशसभातर्फ १ मा विष्णुप्रसाद पौडेल र २ मा भागवतप्रकाश मल्ललाई उम्मेदवार बनाएको छ। वाम गठबन्धनबाट एमालेका क्रमशः मोहन रेग्मी र सूर्यप्रसाद गैरे ‘पारस’ (माओवादी केन्द्र) उम्मेदवार छन्।

माओवादी केन्द्रको पकड नदेखिएको स्याङ्जामा संविधानसभाका दुवै निर्वाचनमा कांग्रेसले दुई–दुई र एमाले एक–एक सिटमा जितेका थिए।

प्रतिक्रिया दिनुहोस्