गगन थापाको सभामा रेखा थापाले माहोल चर्काउने



काठमाडौं ।
आउँदै गरेको प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनको चुनाव प्रचारप्रसार व्यापक बनेको छ । मुलुक निर्वाचनमा होमिएको छ । काठमाडौ क्षेत्र नं ४ का उम्मेदवार गगन कुमार थापाले पनि आफ्नो चुनाव प्रचारप्रसारलाई तिब्र बनाएका छन् ।

पूर्व स्वाथ्य मन्त्री तथा कांग्रेस नेता गगनकुमार थापाले आइतबार अन्तीम चुनावी सभा गर्न लागेका छन् । उनले आइतबार २ बजे कपनमा चुनावीसभा गर्न लागेका हुन ।

सभामा राप्रपा प्रजातान्त्रीकका अध्यक्ष पशुपति शमशेर विषेश सम्बोधन गर्ने निकट स्रोतले जनाएको छ । स्रोतका अनुसार उक्त सभालाई सकेसम्म धेरै कलाकारहरुलाई उपस्थित गराई माहोल चर्काउने बताइएको छ ।

कलाकारीता क्षेत्रमा मात्र नभई राजनितिक क्षेत्रतर्फ पनि उतीकै सहभागिता, जोस , जाँगर, सक्रियता देखाउँदै आएकी महिला कलाकार रेखा थापाको पनि उपस्थित रहने स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्