स्कटल्यान्डमा रक्सीको न्यूनतम मूल्य तोकिने



लन्डन, (एजेन्सी)
आगामी वर्षको १ मेदेखि स्कटल्यान्डले रक्सीको न्यूनतम मूल्य तोक्न लागेको त्यहाँको सरकारले जनाएको छ। यस कदमले सबैभन्दा कडा र सस्तो रक्सीको प्रतियुनिट न्यूनतम मूल्य निर्धारण गरी मूल्य समायोजन गर्न मद्धत पुर्याउने भएको छ। स्कटल्यान्डका स्वास्थमन्त्री सोना रोविसनले त्यहाँका विधायकहरूलाई आफूले प्रतियुनिटको ५० पेन्स तय हुने आशा राखेको तर यसबारे विस्तृत छलफल हुनै बाँकी रहेको बताएकी छिन्।

सस्तो र कडा रक्सीले ल्याएको समस्या समाधानका लागि यो कदम उठाउनु परेको उनले बताएकी छिन्। न्यूनतम ५० पेन्स प्रतियुनिट तोक्नाले सबैभन्दा सस्तो ९ दशमलव ४ युनिट अल्कोहल रहेको एक बोटल रेड वाइनको मूल्य बढेर ४ पाउन्ड ६९ पेन्स, ५ सय लिलिटरको ८ युनिटको ४ प्रतिशत लाजरको कम्तीमा ४ पाउन्ड पुग्ने तथा २८ युनिट अल्कोहल रहेको एक बोटल ह्विस्की १४ पाउन्डभन्दा कम मूल्यमा बेच्न नपाउने अवस्था आउने छ।

यसै गरी सामान्य क्षमताको साइडर (५ प्रतिशत एबीभी) को प्रतिलिटरको मूल्य कम्तीमा साढे दुई पाउन्ड हुनेछ। न्यूनतम मूल्य निर्धारण कार्य विशेषतः सुपरमार्केटहर र बिनाअनुमति बिक्रि हुने सस्ता लाजर, साइडर र रक्सीमाथि लक्षित रहेको छ।

यस नीतिका कारण महँगा मदिरा भने प्रभावित नहुने तथा पव तथा क्लबहरूलाई पनि कुनै असर नपर्ने बताइएको छ। स्कटिस सरकारले आफ्ना धेरै रक्सी पिउनुपर्ने जनतालाई निरुत्साहित पार्ने उद्देश्यले यो कार्यक्रम ल्याएको बुझिएको छ। इङल्यान्ड र वेल्सकाले भन्दा स्कटल्यान्डका जनताले २० प्रतिशत बढी रक्सी खरिद गर्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्