जागिर छोडेर निर्वाचनमा



रोजगारीको सिलसिलामा रामे विदेशमा छ। सञ्चारमाध्यमबाट देशमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुन गइरहेको जानकारी उसले पाउँछ। गणतन्त्रपछि देशमा पहिलोपटक हुन लागेको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा ऊ आफू पनि भाग लिन चाहन्छ। तर, कम्पनीबाट बिदा मिल्दैन। कम्पनीले बिदा दिन नमानेपछि अन्ततः ऊ जागिर नै छोडेर स्वदेश फर्किन्छ। देशमा हुन लागेको निर्वाचमा आफू होमिँदै निर्वाचका बारेमा सबैलाई सिकाउँदै हिँड्न थाल्दछ।

यस्तै कथामा सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) को संयोजन र आरोहण गुरुकुलको सहकार्यमा भइरहेको सडक नाटक महादान देशको ४५ जिल्लामा मञ्चन भइरहेको छ। नजिकिँदै गरेको प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको आगामी २१ मंसिरमा हुने निर्वाचनका लागि नाटक महादानमार्फत मतदान शिक्षा बाँढ्न विभिन्न नाट्य टोली जिल्ला–जिल्लामा क्रियाशील छन्।

प्रतिक्रिया दिनुहोस्