खानेपानी मुख्य एजेन्डा



मदनबहादुर अमात्य प्रतिनिधिसभा, नेपाली कांग्रेस ललितपुर क्षेत्र नं ३

नेपाली राजनीतिमा लोकतन्त्रको र लोकतन्त्रमा कांग्रेसको विकल्प पनि छैन। नेपालको राजनीतिमा नेपाली कांग्रेस नै एक मात्र त्यस्तो पार्टी हो, जो लोकतन्त्रको हिमायती, अग्रगमनको नायक र स्वतन्त्रताको सारथी सावित भएर समावेशी लोकतन्त्र, बहुदलीय व्यवस्था, जनप्रतिनिधिको शासन, जनताको सर्वोच्चता, आवधिक निर्वाचन प्रणाली, मौलिक हक र मानवअधिकार, विधिको शासन, आर्थिक सम्बृद्धि, दिगो विकास र समतामा आधारित सम्मुनत नेपालको परिकल्पनालाई आफ्नो मार्ग चित्रमा प्रस्तुत गरेको छ। जनताको समृद्धिका लागि विकासका मार्ग कोर्न चाहन्छ।

संविधानसभामा यहाँका मतदाताले संविधान बनाउन आफूलाई पठाउनुभएकोमा त्यो काम पूरा भयो, अब विकासमा लाग्ने प्रतिबद्धता लिएर मतदातासम्म जाँदैछु। आफ्नो इमानदारिता, लगनशीलता र राष्ट्रवादले गर्दा जित्नेछु। यस क्षेत्रका सबैतिरको साझा समस्या पानीको अभाव छ। धारा वितरण गर्न बाँकी रहेको र धारा भएका ठाउँमा समेत पानी नआउँदा स्थानीयवासी पानी अभाव भोग्न बाध्य छन्। आगामी ५ वर्षमा पानीको समस्या सधैँका लागि हल गर्ने मसँग योजना छ।

नगरको भित्री भागमा सम्पदाको संरक्षण, युवाका लागि रोजगारी, सामुदायिक र निजी शिक्षाको अन्तर लगायतका समस्या छन्। भूकम्पले क्षतिग्रस्त भएका निजी घर र सम्पदाको पुनर्निर्माणका लागि लाग्ने प्रतिबद्धता रहेको छ। विकासलाई स्मरण गर्दा, २०७० मा म जितेपछि सडक, ढल, पेटी, पार्क एवं मन्दिर, गुठीघरलगायतका क्षेत्रमा उल्लेख्य काम गरेको छु। जनताको शिक्षा, स्वास्थ्य, सीप, आयआर्जन र रोजगारीलाई प्राथमिकिकरणमा राखेर क्षमता अभिवृद्धि र जीवन निर्वाहलाई आधार मानेर कार्य गर्ने दृढताका व्यक्त गरेको छु। पूर्वाधार विकास, खानेपानी तथा सरसफाइ, धार्मिक तथा पर्यटकीय विकास आयआर्जन तथा जीविकोपार्जनका कार्यक्रम अघि बढाउनेछु।

 

प्रतिक्रिया दिनुहोस्