‘कला संस्कृति संरक्षण र पर्यटन विकास’



कला संस्कृतिको संरक्षण र पर्यटनको विकास, समृद्ध ललितपुरको दिगो निकास’ भन्ने मूल नाराका साथ म आफ्नो चुनावी अभियान अघि बढाइरहेको छु। चुनावी अभियानमा वाम मात्र होइन सबैखाले जनता निकै सक्रिय भएर लागेका छन्।यो क्षेत्र कला र सम्पदाले भरिपूर्ण भएकाले पर्यटनको विकास गरेर भौतिक पूर्वाधार, उद्योग, व्यवसाय, रोजगारी सिर्जना गरी आर्थिक समृद्धि ल्याउनेछु। यस क्षेत्रलाई संस्कृतिको राजधानी बनाउने आफ्नो योजना छ। हस्तकला, काष्ठकला, मूर्तिकलाको अझै विकास गरेर कला र संस्कृतिलाई विकासको आधार बनाउने योजना ल्याएको छु।

३८ वर्षदेखि ललितपुरमा बसेकाले यहाँको समस्या र सम्भावना दुवै देखेको छु। यस क्षेत्रमा रहेका नदीहरू ढलरहित गराउने र सडक कालोपत्र गराउने योजना लाग्ने प्रतिवद्धता रहेको छ। सुनाकोठी र खोकनाको सिकाली चौरलगायतका स्थानमा पार्क बनाउँदा युवायुवतीदेखि ज्येष्ठ नागरिकलाई समय कटाउन सहज हुनेछ महिलामा स्तन, पाठेघरलगायतका क्यान्सर बढी पाइएकाले यस सम्बन्धी उपचारको व्यवस्था पाटन अस्पताल गर्ने आफ्नो योजना रहेको छ।

हिजोको संघर्ष राजनीतिक परिवर्तनका लागि गरियोे। अबको संघर्ष राजनीतिसँगै आर्थिक समृद्धिका लागि हो। मुलुकको विकास र निकासका लागि स्थायी वाम सरकार आवश्यक छ। त्यसैका लागि निर्वाचनका बेला गठबन्धन भएको हो। यो गठबन्धन पार्टी एकता प्रक्रियामा पुगी टुंगिनेछ। त्यसका लागि सम्पूर्ण जनताले वाम गठबन्धनलाई साथ दिनुपर्दछ। वाम गठबन्धन बलियो हुनु नै मेरो जितको प्रमुख आधार हो। दोस्रो संविधानसभामा माओवादी विभाजित थियो। अहिले माओवादी बलियो भएको र एमालेसँगको गठबन्धनका कारण जित्नेछ।

ललितपुरको कला, संस्कृतिको संरक्षण र पर्यटनको विकास, समृद्ध ललितपुरको दिगो निकास’ भन्ने नाराअन्र्तगत विभिन्न १२ वटा शीर्षक राखी ४ दर्जन जति उपशीर्षकहरू रहेको प्रतिवद्धतापत्र तयार गरेको छु। कला, संस्कृति र सम्पदा, दिगो विकास, पर्यटनको विकास, सडक यातायात, बागमती, नख्खु, कर्मनासा कोरिडोरको निर्माण, स्वरोजगार तथा रोजगारलाई प्राथमिकता दिनेछु। सफा र हरियालीयुक्त बनाउनेछु। स्वच्छ र सफा ललितपुर बनाउनका लागि प्रत्येक घरमा रुख विरुवा रोप्ने अभियान नै सञ्चालन गर्नेछु।यस्तै, बालबालिका र युवासम्बन्धी, महिला र ज्येष्ठ नागरिकसम्बन्धी, कृषि प्रविधि प्राथमिकतामा राखेको छु। म ०६२ र ०६३ को जनआन्दोलनपछि अन्तरिम विधायिका सांसदमा मनोनित र २०६४ को संविधानसभाको पहिलोे निर्वाचनमा संविधानसभा सदस्यमा ललितपुरबाटै निर्वाचित भएको थिएँ।

मूलतः गाउँदेखि शहरसम्म सडक सञ्जाल विस्तार, टेलिफोन बिस्तार, पर्यटन र कृषिको विकास, गाउँमा भएको दूध, तरकारीलगायत यहाँको थप विकास गर्नका लागि ललितपुरवासीले आफूलाई पुनः निर्वािर्चत गर्ने विश्वास रहेको छ।

प्रतिक्रिया दिनुहोस्