लालपुर्जा दिलाउने



राजकाजी महर्जन प्रदेशसभा, संयुक्त वाम गठबन्धन ललितपुर क्षेत्र नं ३

३ नम्बर क्षेत्रमा बुङमती, खोकना, हरिसिद्धि, लखापुखु हरिसिद्धि, चिबहाल सुनाकोठी, माथिल्लो सुनोकाठी, धापाखेल, थेचो, ठैब, बाडेगाउँ छन्। काँठ क्षेत्रका अधिकांस नेवारी बस्ती लालपूर्जाविहीन छन्। २०२१ को नापी नै नभएको खोकना, बुंगमती, हरिसिद्धिका रैथानेहरू लालपूर्जा दिने योजना ल्याउनेलाई प्राथमिकतामा राख्नेछु। भूकम्पपछि सरकारले लालपूर्जा वितरण गर्ने घोषणा ग¥यो। तर हालसम्म लालपुर्जा पाएको छैन, लालपूर्जा दिलाउनेलाई प्राथमिकतामा राखेको छु।

शहरी विकास मन्त्रालयले परम्परागत बस्ती नेवारी वास्तुकला शैलीमा पुनर्निर्माण गर्नुपर्ने योजना ल्याए। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलगायत सम्बन्धित निकायले चासो नदिदा कार्यान्वय हुन सकेको छैन। यसले काठ क्षेत्रका नेवारी बस्तीको मौलिकपन, परम्परा, रहनसहन, संस्कृति सम्पदा लोप हुने खतरा बढेको छ। यस सम्बन्धि भिजन अघि सारेको छु। हरिसिद्धि टेक्सटाइल (कपडा उद्योग)का लागि प्रख्यात मानिन्छ। यहाँका उद्यमीले पहिला कच्चा पर्दाथ (धागो) वुटवल धागो कारखानाबाट ल्याउने गर्दथे। अहिल भारतबाट ल्याउन बाध्य छन्। हरिसिद्धिमा छुट्टै्र आद्योगिक क्षेत्र, सरकारी धागो कारखाना खोल्ने र उद्यमीलाई सहुलियत दरमा ऋण प्रवाह गरी उद्योगको प्रवद्र्धन गर्ने योजना बनाउनेछु।

जिल्लामा देवी नाच सञ्चालन गर्ने गुठी ठेचो, हरिसिद्धि र खोकनामा छन्। ठेचोको नवदुर्गा भवानी देवी गुठी, हरिसिद्धि भवानी देवी गुठी र खोकनाको रुद्रयाणी गरी तीनैवटा गुठी जेनतेन सञ्चालनमा छन्। यी तीनै गुठीद्वारा सञ्चालन गरिने नाच पाटन दरबारसँग सम्बन्धित छ। गुठीको संरक्षण प्रवद्र्धन गर्नेलाई प्रथामिकतामा राख्नेछु।

प्रतिक्रिया दिनुहोस्