पोपको भ्रमण



ढाका, (एजेन्सी)
पोप फ्रान्सिस बंगलादेशको भ्रमणको क्रममा बिहीबार ढाका आइपुगेका छन्। उनको यो भ्रमण म्यान्मारबाट भागेर बंगलादेश आइपुगेका रोहिंग्या मुस्लिमको विषयमा केन्द्रित रहने अनुमान गरिएको छ। उनी म्यान्मारबाट ढाका पुगेका हुन्। म्यान्मारमा रोहिंग्यालाई प्रत्यक्ष सम्बोधन नगरेको भन्दै मानव अधिकारवादी समूहहरुले उनको आलोचना गरेका थिए। हिजो ढाकामा उनले दिने भाषण सुन्न मानिसहरु निकै उत्सुक रहेका छन्। उनले बंगलादेशमा इसाई र अन्य अल्पमत समुदायमाथि कट्टरपन्थी इस्लामिकहरुबाट हुने गरेको आक्रमणबारे पनि चिन्ता व्यक्त गर्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्