आप्रवासी उद्धार योजना



ट्रिपोली, (एजेन्सी)
लिबियाको हिरासत शिविरमा उत्पीडन खेपिरहेको बताइएका आप्रवासीहरुलाई तत्कालै सुरक्षित स्थानतर्फ लैजाने योजना सरकारले बनाएको छ। यो योजना हालै आइभोरिकोस्टमा सम्पन्न अफ्रिकी संघ र युरोपेली संघबीचको शिखर बैठकमा तय भएको हो। लिबियाको संयुक्त राष्ट्रसंघ समर्थित सरकारले सो सम्झौताप्रति आफ्नो सहमति जनाएको हो। यो सरकारको लिबियाको केही निश्चित भू–भागमा मात्र नियन्त्रण रहेको छ। सोही कारणले पनि यस सम्झौताको कार्यान्वयप्रति प्रश्न उठिरहेको छ। लिबियामा अवैध ढंगले प्रवेश गरेका आप्रवासीहरुलाई दासका रूपमा बिक्री गरेको भेटिएको छ।

प्रतिक्रिया दिनुहोस्