रुकुममा शुक्रबार हुने पुनः मतदानको सबै तयारी पुरा, सर्वदलिय बैठकमा कांग्रेस सहभागी भएन



धनवीर दाहाल, रुकुम पश्चिम । गत आइतबार एसिड प्रकरणका कारण स्थगित भएको रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नं ११ नेपाल राष्ट्रिय मावि गत्तासैना मतदान केन्द्र ख बुथको समानुपातिक तर्फको र बाँफिकोट गाँउपालिकाको रत्न आधारभुत बिद्यालय बाँफिकाँडा प्रतिनिधि सभा अन्र्तगत प्रत्यक्ष तर्फको शुक्रबार हुने पुनः मतदानको लागी सबै तयारी पुरा भएको सम्बन्धीत मतदान केन्द्रमा खटिएका मतदान अधिकृतले बताएका छन् । बुथ निमार्ण देखी सर्वलदलिय बैठक सम्मका काम सम्पन्न भएको बताइएको छ । गत्तासैना मतदान केन्द्रका मतदान अधिकृत कर्णबहादुर कुँवरले सर्वदलिय बैठकमा कांग्रेस सहभागी नभएको बताए । मतदानका विषयमा छलफल गर्न विहिबार बोलाईएको सर्वदलीय बैठकमा कांग्रेस सहभागी नभएको र कांग्रेस सहभागी नभएपछि अन्य दलको सहभागितामा बैठक बसेको मतदान अधिकृत कँवरले जानकारी दिए ।
आफ्ना कार्यकर्तालाई पक्राउ गरिएको भन्दै कार्यकर्तालाई नछोडिएसम्म शुक्रबार का लागि तोकिएको पुनः मतदानमा सहभागी नहुने नेपाली कांग्रेस आठबिसकोटले बताएको छ । आइतबार मतदानका क्रममा कांग्रेसका तर्फबाट मतदान केन्द्रमा प्रतिनिधिको रुपमा बसेका केशववहादुर खड्काले मतपत्रमा एसिड राखेर मतपेटिकामा खसालेको भन्दै उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । खड्कालाई बिना कारण फसाईएको भन्दै कांग्रेस आठविसकोटले उनको रिहाइको माग गर्दै रिहाइ नगरिए शुक्रबार हुने मतदानमा सहभागी नहुने निर्णय गरेको हो । तर नेपाली कांग्रेसका जिल्ला पार्टी सभापति प्रेमप्रकाश ओली लगाएतको टोली त्यस तर्फ गएको छ । स्थानीय स्तरमा सो निर्णय गरिएपनि जिल्ला पार्टीले मतदानमा भाग लिने नलिने भन्ने बिषयमा टुंग्याउने बताइएको छ । यसै गरी बाँफिकोट रत्न आधारभुत बिद्यालय बाँफिकाँडामा पनि बुथ निमार्ण देखी सर्बदलिय बैठक गरिसकिएको छ । सो मतदान केन्द्रमा पनि शान्तिपुर्ण रुपमा मतदान हुने बिश्वास गरिएको मतदान अधिकृत तेजप्रसाद पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्