लमजुङ डान्स च्याम्प फेरि हुँदै



लमजुङ, (नेस)। लमजुङमा आयोजित लमजुङ डान्स च्याम्प सिजन टु को अडिसन शुरु भएको छ। अडिसनको आयोजक लमजुङ टेलिभिजनले सुन्दरबजार नगरपालिकाको भोटेओडारस्थित भक्ति नमुना माध्यामिक विद्यालयमा सो अडिसन गरेको हो।

अडिसन १७ जना दोस्रो चरणका लागि छनोट भएका छन्। त्यस अवसरमा लमजुङ डान्स च्याम्प सिजन टु का लागि ६० भन्दा बढीले भाग लिएको आयोजकको भनाइ छ। भोटेओडार वरपर क्षेत्रका मात्र नभई छिमेकी जिल्ला गोर्खा तनहुँबाट पनि अडिसनमा सहभागी भएका थिए। लमजुङकै बेंसीशहर, भुलभुले, नौथर, मञ्ज्याङ, चितीलगायतका ठाउँबाट पनि सहभागीहरू भोटेओडार झरेका थिए।

यसअघि बेंसीशहरमा सो अडिसन सकिएको लमजुङ डान्स च्याम्प सिजन टु शुरु गरिएको कार्यक्रम संयोजक सुशीला पौडेलले बताइन्। उनका अनुसार अडिसन खुदीमा हुेनछ। लमजुङको कुना कन्दरामा लुकेर रहेका प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यका साथ कार्यक्रम गर्न लागिएको हो।

प्रतिक्रिया दिनुहोस्