आलोकको अन्तिम भिडियो सार्वजनिक



जिक भिडियो तथा फिल्म निर्देश्ँक स्व. आलोक नेम्वाङद्वारा निर्देशित अन्तिम म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

निर्देशक नेम्वाङले २०७१ साल कात्तिक २० गते धर्ती त्याग्नु केही दिनअघि निर्देशन गरेको गायक प्रल्हाद तिमिल्सिनाको स्वरको गीत यो मनलाईको म्युजिक भिडियो सार्वजनिक गरिएको हो। उक्त भिडियो छायांकन भएको केही दिनपछि नै निर्देश्ँक नेम्वाङले आत्महत्या गरेपछि भिडियोका फुटेजहरू संकलन गर्न समय लागेकाले अहिले मात्र भिडियो सार्वजनिक गरिएको गायक तिमिल्सिनाले बताए। भिडियो गायक तिमिल्सिनाकै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

कालिप्रसाद रिजालको शब्द तथा आलोकश्रीको संगीत निर्देश्ँनको उक्त गीतमा महाराज थापाको संगीत संयोजन छ। गीत गायक तिमिल्सिनाको एकल एल्बम महकमा संगृहित छ। धीरजजंग शाहद्वारा छायांकन गरिएको भिडियोलाई प्रकाश तुलाधरले सम्पादन गरेका छन्। बालाजु आसपासका क्ष्ँेत्रमा छायांकन गरिएको उक्त भिडियोमा अनिल थापा तथा एलिजा बस्नेतले अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्