चौधरीलाई १० लाख दिने निर्णय



काठमाडौं, (नेस)
दाङको तुलसीपुरमा बम विस्फोटमा परी मृत्यु भएका म्यादी प्रहरी विनोद चौधरीको परिवारलाई सरकारले १० लाख रुपियाँ दिने घोषणा गरेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको हो। समितिले निर्वाचनमा खटिँदा घाइते हुनेहरुको सम्पूर्ण उपचार खर्च सरकार स्वयंले बेहोर्ने निर्णय गरेको छ।

दाङको तुलसीपुरमा निर्वाचन सुरक्षामा खटिरहेको बेला भएको बम विस्फोटमा घाइते भएका चौधरीको बुधबार बिहान उपचारको क्रममा मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्