मतदान केन्द्रका अधिकृत र सहायकहरुलाई प्रशिक्षण



पाल्पा । दोस्रो चरणमा मंसिर २१ गते हुने निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई पाल्पामा प्रशिक्षण दिइएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गराउने जिल्लाका १ सय १८ मतदानस्थल र २ सय २६ मतदान केन्द्रका अधिकृत र सहायकहरुलाई प्रशिक्षण दिइएको हो ।
दुई दिने प्रशिक्षणमा उनीहरुलाई प्रतिनिधिसभा र प्रदेशसभाको कानुनी व्यवस्था, मतदान प्रक्रियाको व्यावस्थापकीय पक्ष, मतदान अगाडी र पछाडी भरिने अनुसुचीहरु, मतदान सम्पन्न भएपछि निर्वाचन अधिकृत कार्यालय सम्म मतपेटीका ल्याउर्दा अपनाउनु पर्ने सावधानी लगायतका बिषयमा प्रशिक्षण दिइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
४ सय ७५ जनालाई ४ गु्रपमा विभाजन गरेर प्रशिक्षकहरु सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर कुव‘र, जिल्ला समन्वय अधिकारी रामप्रशाद पाण्डे, जिल्ला निर्वाचन अधिकारी धर्मा अर्याल सहित सुरक्षाका बारेमा प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले प्रशिक्षण दिएका छन् । निजामती, स्थानीय तह, संस्थानका कर्मचारी र शिक्षकहरुलाई निर्वाचनमा खटाइएको छ ।
पाल्पा जिल्लामा दुई निर्वाचन क्षेत्र रहेका छन । जिल्लामा कुल १ लाख ८१ हजार २ सय ५५ मतदाता रहेका छन । निर्वाचनको लागी १ हजार ८ सय ४६ कर्मचारी र सुरक्षाकर्मीहरु परिचालन हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्