चेल्सी छाडेर रियल म्याडिड्र जाने तयारीमा डेभिड लुइज



एजेन्सी । चेल्सीका ब्राजिलियन डिफेन्डर डेभिड लुइजको चेल्सीमा सम्बन्ध फेरी बिग्रिदै गएको रिपोर्ट बाहिरिएको छ ।

चेल्सीबाट पिएसजी गएर फेरी चेल्सीमै फर्किएका लुइजको अघिल्लो साता च्याम्पियन्स लिगमा इटालियन क्लब एस रोमाविरुद्धको खेलमा ३–० ले पराजित भएपछि चेल्सीका म्यानेजर एन्टोनी कोन्टेसँग विवाद भएको बताइएको छ ।

म्यानेजर कोन्टेले त्यसपछिको म्यान्चेस्टर युनाइटेडविरुद्धको खेलमा लुइजलाई ड्रप गरेपछि अहिले यस सिजनको अन्त्यमा लुइसले चेल्सी छोड्ने रिपोर्ट बाहिरिएको छ । त्यस्तै आज राती स्वान्सी सिटीविरुद्ध हुने खेलका लागि पनि लुइज टिममा रहेका छैनन् ।

१५ महिना अघि पिएसजीबाट चेल्सी आएका लुइज अहिले चेल्सीको नियमित टिममा पर्न संघर्ष गरिरहेका छन् । अर्को बर्ष रसियामा हुने विश्कपको ब्राजिलियन टोलीमा पर्न पनि लुइजले रेगुलर खेल्नुपर्ने दबाबका बीच चेल्सीमा देखिएको विवादले अप्ठ्यारोमा परेका छन् ।

यसैबीच आफ्नो प्राकृतिक खेल देखाउन असफल रहेको स्पेनिस क्लब रियल म्याड्रिडले डेभिड लुइजलाई भित्राउन पहल गरिरहेको डेली टेलीग्राफले उल्लेख गरेको छ ।

लुइज रियलको सेन्टर ब्याक र डिफेन्सिफ मिडफिल्डरको भूमिकामा सहि फिट हुन सक्ने बताउदै लुइजलाई यसै जनवरीमा रियल भित्राउन सक्ने बताइएको छ ।

यसअघि बार्सिलोना र एसी मिलान जान पहल गरेका लुइजका लागि रियल म्याड्रिड उपयुक्त विकल्प हुनसक्ने टेलिग्राफले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्