आपत्तिजनक ट्विट गर्ने नर्सको जागिर चट



इन्डियानापोलिस, (एजेन्सी)
अमेरिकाको इन्डियाना राज्यको एउटा अस्पतालका एकजना नर्सले आफ्नो ट्विटर एकाउन्टमा गोरा महिलाहरूका छोराहरूलाई ब्वाँसोसमक्ष बलि चढाइनुपर्ने भनी ट्विट गरेकी छिन्। सरकारी अधिकारीहरूले सोही ट्विटका कारण इन्डियाना युनिभर्सिटी हेल्थ मेथोडिस्ट हस्पिटलमा कार्यरत नर्स ताइएसा बेकरले आफ्नो जागिर गुमाएको बताएका छन्।

दि इन्डियानापोलिस स्टार अखबारले नाइट नर्सको नाममा खोलिएको आफ्नो एकाउन्टबाट बेकरले गोरा छोराहरू ठूलो भएपछि जातिवादी, आतंककारी र हत्यारा बन्ने गरेको भनी ट्विट गरेको जनाएको छ।

उनले अर्को ट्विटमा लेखेकीछिन्– ‘प्रत्येक गोरा महिलाले आफ्नो छोरो हुर्काउँदै समाजमा खतरा सिर्जना गरिरहेकी छिन्। तिनीहरू भावी आतंककारी, बलात्कारी जातिवादी र घरेलु हिंसाका पीडक बन्ने सम्भावना धेरै रहेको छ। तिनीहरूका प्रत्येक छोरा ब्वाँसोलाई खान दिइनुपर्दछ। ’

वासिंटन पोस्टले उक्त अस्पतालले गत साता एउटा विज्ञप्ति प्रकाशित गर्दै यस मामिलामा गम्भीर छानविन र बेकरलाई आवश्यक कारबाही हुने जनाएको थियो। गत अक्टोबरमा उक्त अस्पतालको बालउपचार कक्षमा सेवा शुरू गरेकी बेकर अनुमति प्राप्त नर्स भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्