भैरहवा ग्लाडिएटर्समा थप तीन खेलाडी



काठमाडौं, (नेस)
एभरेस्ट प्रिमियर लिगको टोली भैरहवा ग्लाडिएटर्सले थप तीन खेलाडीलाई टोलीमा समावेश गराएको छ। भैरहवा ग्लाडिएटर्सले भैरहवा, बुटवल तथा कपिलवस्तुबाट ६० भन्दा बढी नयाँ पुस्ताका क्रिकेट खेलाडिलाई टइलेन्ट हन्टअन्तर्गत छनोट चरणबाट हर्जित सिंह, रमेश कुर्मी र अख्तर हुसेनलाई चयन गरेको हो।

छनोट कार्यक्रमको निर्णयक मण्डलमा भैरहवाका प्रशिक्षक जंगबहादुर थापा मगर र रूपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त मल्ल रहेका थिए। उक्त कार्यक्रममा बोल्दै प्रशिक्षक थापा मगरले क्रिकेट खेलको प्रवद्र्धनका लागि आफ्ना तर्फबाट सक्ने सहयोग गर्ने आश्वासन दिए। भैरहवा ग्लाडिएटर्सको मुख्य प्रायोजक सगरमाथा सिमेन्ट रहेको छ।

प्रतिक्रिया दिनुहोस्