ज्ञान निकेतनलाई दोहोरो उपाधि



नेपाल समाचारपत्र
काठमाडौं
ज्ञान निकेतनले दोस्रो माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताअन्तर्गत सिनियर ब्वाइज र गल्र्स दुवैको उपाधि सोमबार जितेको छ। ब्वाइज फाइनलमा ज्ञान निकेतन ‘ए’ले आफ्नै ‘बी’ टिमलाई ५३–३४ ले पराजित गर्यो। लाइसियम मोडेलले तेस्रो स्थानमा चित्त बुझायो।

गल्र्सको उपाधि भिडन्तमा डिफेन्डिङ च्याम्पियन ज्ञान निकेतनले लाइसियमलाई २४–१४ ले हराउँदै उपाधि रक्षा गर्यो। कन्स्टिलेसन तेस्रो भयो।

यसैगरी प्राइम र पुष्पसदन १६औं ज्ञान निकेतन कप बास्केटबल च्याम्पियनसिपमा च्याम्पियन बनेका छन्। प्राइम प्लस टु ब्वाइज तथा पुष्प सदन जुनियर ब्वाइजमा पहिलो भए।

प्रतिक्रिया दिनुहोस्