सर्ट फिल्म फेस्टा हुने



छायाँछवि क्रियसनले तेस्रो काठमाडौं सर्ट फिल्म फेस्टा–२०१७ आयोजना गर्ने भएको छ।

नेपाली फिल्मको वैकल्पिक बजारको रूपमा छोटा फिल्म पनि स्थापित हुन सक्छन् भन्ने विश्वास तथा नेपाली छोटा फिल्म अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा पुरस्कृत हुन थालेकाले यसलाई प्रोत्साहित गर्न यो फेस्टा गर्न लागिएको क्रियसनका अध्यक्ष शान्तिप्रियले बताए। उनका अनुसार फेस्टा पुसको अन्त्यमा आयोजना गरिनेछ भने त्यसमा छोटा फिल्म प्रदर्शनका साथै फिल्मसम्बन्धी अन्तरक्रियालगायतका कार्यक्रम पनि आयोजना गरिनेछ। फेस्टामा वृत्तचित्र, चलचित्र, कार्टुन⁄एनिमेसन फिल्मले भाग लिन पाउनेछन्। फिल्मको लम्बाइ भने ३ मिनटदेखि ४५ मिनटभित्र हुनुपर्ने प्रावधान छ।

काठमाडौं सर्ट फिल्म फेस्टा–२०१७ मा सहभागी सर्ट फिल्मले प्रथम, द्वितीय, तृतीय पुरस्कार प्राप्त गर्नेछन्। यस्तै बेस्ट फिक्सन सर्ट फिल्म, बेस्ट डकुमेन्ट्री सर्ट फिल्म, बेस्ट एनिमेसन सर्ट फिल्म, जुरी अवार्ड, इनकरेजमेन्ट अवार्ड र पब्लिक च्वाइस अवार्डसहित केही विधामा नगदसहित अवार्ड प्रदान गरिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्