कार्यकर्ताको बाँदरे प्रवृत्ति



मतपेटिकाभन्दा पनि आफू हेलिकोप्टर चढ्न पाउनुपर्ने माग गर्दै दलका कार्यकर्ताले विरोध गरेपछि हेलिकोप्टर मतपत्रको बाकस नलिई सदरमुकाम फर्किएको खबर सार्वजनिक भको छ। दलका कार्यकर्तालाई मतपत्र जोगाउन होइन, हेलिकोप्टर चढ्ने रहर रहेको पुष्टि भएपछि धरहरालाई राजनीतिदेखि वाक्कदिक्क लागेको छ।

हैन, ती दलका कार्यकर्ता नै भए पनि पहिला मतपत्र सुरक्षित गरेर हेलिकोप्टर चढेको भए हुनेथियो नि।

हुम्लामा दलका कार्यकर्ताले देखाएको तमासापछि खाली हेलिकोप्टर फर्किएको घटनाले त्यहाँका मतदाताले समेत हेलिकोप्टर चढ्न खोज्ने नेतालाई गाली गरेको सुनेर धरहरा कान बन्द गरेर हिँडेको छ है पाठकवृन्द⁄ राज्यले लाखौं खर्च गरेर मतपेटिका संकलन गर्न हेली पठाएको भए पनि दलका सबै कार्यकर्ताको बाँदरे प्रवृत्तिले भने सबैलाई हँसाएको छ।

प्रतिक्रिया दिनुहोस्