सरकारको लगानीमा स्थापना गरिएको सरकारी भवन सरकारबाटै वेवास्ता



उत्तम नेपाल,  भद्रपुर ।
सरकारको लगानीमा स्थापना गरिएको सरकारी भवन सरकारबाटै वेवस्ता गरिदाँ करोडौ लागतमा निर्मित संमरचना ओझेलमा परेको छ । झापाको सदरमुकाम भद्रपुरदेखि करिव दुई किलोमिटर पश्चिममा पर्ने स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान अन्तरगत रहेको पुर्वाञ्चल ग्रामीण विकास प्रशिक्षण केन्द्र, (कलवलगुरी) दुई दशकदेखि ओझेलमा पर्दै आएको हो । पूर्वका झापासहित १६ वटा जिल्लाका जनप्रतिनिधि र कर्मचारीको सहभागिता हुने सरकारी भवन अहिले सरकारी निकायबाटै ओझेलमा परेको छ ।

निर्वाचित जनप्रतिनिधिलाई लक्षित गरी यस प्रशिक्षक केन्द्रको स्थापना गरिएको इतिहास छ । सदरमुकाममा आउने मन्त्री, नेता, कार्यालय प्रमुखलाइ आवासको व्यवस्थापन यही केन्द्रमा हुन्थ्यो । अहिले होटल र लजमा हुने गरेको छ ।

२० बर्ष सम्म जनप्रतिनिधि नहुदाँ प्रशिक्षण केन्द्रको भवनमा संघसंस्थाहरुले गोष्ठी, साधारणसभा र भेला, आमसभा आयोजना हुने गरेको स्थान सदरमुकाम आसपासमा होटल तथा लज खोल्न थालेपछि अहिले यस्ता कार्यक्रम पनि आउन छाडिसकेको पाइएको छ । प्रशिक्षण केन्द्र आसपासका क्षेत्रलाई स्थानीयले वनभोज र डेटिङ स्थल बनाएको छ । बेला–बेला कार्यक्रम हुदाँ सर्वसाधारणको भीडभाड हुन्छ, नत्र अरु समय प्रशिक्षण केन्द्रका कर्मचारी बाहेक कोही जादैनन् ।

२० बर्षपछि मुलुकमा स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । निर्वाचन सम्पन्न भएको चार महिना बित्न लाग्दा पनि यस प्रशिक्षण केन्द्र तर्फ नेपाल सरकारले ध्यान गएको छैन । यसलाई जिल्लामै सिमित राख्ने कि प्रदेश नम्बर १ स्तरको प्रशिक्षण केन्द्रमा रुपान्तरण गरिने बारेमा कुनै निर्णय नभएको केन्द्रका निर्देशक कृष्णप्रसाद भट्टराईले बताए ।
यहाँ एउटा एसियाकै दुलभव “कलवल” वृक्ष छ, सोही वृक्षको नामले कलवलगुरी रहेको भन्ने बुझिन्छ । प्रशिक्षण केन्द्रको अधिकाश भाग बगैचा, फुलबारी, खेलकुद मैदान, खेतीपाती र वृक्षहरुले चारैतिरबाट ढाकेको छ । देउनिया खोलाको किनारमा सानो हरियो वनजंगल छेऊमा एकान्त ठाँउमा अवस्थित यस केन्द्रको आकर्षण र वातावरण लोभ लाग्दो छ ।
ग्रामीण प्रशिक्षण केन्द्र झापाको इतिहास रोचकपूर्ण छ । यस केन्द्रको नामकरण पाँच पटक सम्म परिर्वतन गरिएको इतिहास छ । वि.सं. २०१९ सालमा ग्रामीण विकास सम्बन्धि ज्ञान र सीप प्रदान गर्ने उदेश्यले निजी क्षेत्रको प्रयासबाट बहुमुखी प्रशिक्षण केन्द्रको नामले स्थापन भएको थियो । वि.सं. २०२२ सालपमा श्री ५ को सरकारले विकास समिति अन्तरगत यो केन्द्रलाई आफ्नो प्रशिक्षण कार्यक्षेत्र भित्र ल्याउने निति अघि सारियो । यसको नाम परिर्वतन गरी पञ्चायत अग्रणी प्रशिक्षण केन्द्र भनेर नामाकरण गरियो । वि.सं. २०३१ सालमा फेरी यस केन्द्रको नाम परिवर्तन भएर पञ्चायत विकास प्रशिक्षण केन्द्र रहन गयो । पञ्चायत शासनको अन्त्य भई देशमा प्रजातन्त्रको पुर्नवाहली पश्चात वि.सं. २०४७ साल पछि यसको नाम स्थानीय विकास प्रशिक्षण केन्द्र रहन गयो । वि.सं. २०५० साल असोज महिनादेखि स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले यस केन्द्रलाई सञ्चालन गर्ने निति ल्यायो ।

प्रतिष्ठान अन्तरगत रहने भएपछि यसको नाम ग्रामीण विकास प्रशिक्षण केन्द्र कलवलगुरीको नामले सञ्चालन हुन थाल्यो । अहिले सम्मको यसको नाम यथावत छ । अहिले देशको राज्य पुर्न संमरचना परिर्वतन भएको अवस्था छ । राज्य पुर्न संमरचना अनुसार यसको नाम के हुने हो ? भन्नेमा अहिले फेरी अन्यौल छाएको छ ।

पूर्वाञ्चल विकास क्षेत्रलाई लक्षित गरी यस केन्द्रको स्थापना गरिएको हो । झापाको भद्रपुर नगरपालिका १० स्थित (साविक चन्द्रगढी गाविस १) कलवलगुरीमा यो प्रशिक्षण केन्द्र रहेको छ । यस केन्द्रको करिब जमिन ९४ विगहा छ, जसमध्ये ४५ विगहा क्षेत्रफलमा यस केन्द्र फैलिएको छ ।

यस केन्द्रमा एउटा कार्यालय भवन, १०० जनाको क्षमता भएको दुई वटा आवास भवन, २५० जनाको क्षमता भएको एउटा सभाहल, ८० जनाको क्षमता भएको दुई वटा कक्षा भवन, ६० जनाको क्षमता भएको दुई वटा डाइनिङ्ग हल, ८ जनाको क्षमता भएको एउटा पाहुना घर, एउटा भान्सा घर र १० वटा कर्मचारी क्वाटर रहेको छ । केन्द्रमा यत्रो ठूलो संमरचना रहेपनि अधिकाश भवनहरु जिर्ण बनिसकेको छ । कतिपय भवन मर्मत संभार नहुदाँ काम नलाग्ने अवस्था पुगिसकेको छ ।

कक्षा कोठामा भित्र रहेको भौतिक सामग्री प्रयोग नआउने हालतमा पुगेको छ । केही स्थानमा सरसफाई नहुदाँ केही भवन झारजंगलको बिच रहेकोले प्रयोगमा आउन सकेको छैन । हामीसंग भवन मर्मत संभार गर्ने बजेट प्रयाप्त मात्रमा नआउँदा जिर्ण भवन मर्मतसंभार हुन नसकेको निर्देशक भट्टराईले बताए ।

केन्द्रको सम्पूर्ण रेखदेखको जिम्मा संघिय मामिला तथा स्थानीय विकास मन्त्रलाय अन्तरगत रहेको छ । यस केन्द्रमा १३ जना कर्मचारीको दरबन्दी रहेको छ । निर्देशक, उपनिर्देशक, दुई जना अधिकृत, सूचना सहायक, वरिष्ठ व्यवस्थापक सहायक, वरिष्ठ कम्प्युटर अपरेटर, व्यवस्थापक सहयाक,स्टोर किपर, दुई जना कार्यालय सहयोगी, लेखापाल र सहलेखापाल गरी १३ जनाको दरबन्दी रहेको केन्द्रका निर्देशक भट्टराईले जानकारी दिए । यसका अतिरिक्त केन्द्रले प्रशिक्षक्ण तथा अनुसंन्धान कार्यका लागि विशेषज्ञ र श्रोत व्यक्ति आवश्यकता अनुसार प्रयोग गर्न सकिने निर्देशक भट्टाराईले बताए ।

१३ जनाको दरबन्दी रहेको केन्द्रमा हाल ५ जना करारसहित १० जना कर्मचारी कार्यरत छन् । केही निर्वाचनमा र काजमा खटिएको उनले बताए ।
मेची, कोशी र सगरमाथा अञ्चलका १६ जिल्लाका स्थानीय तह (स्थानीय निकाय) को जनप्रतिनिधिलाई काम, कर्तव्य र अधिकार, सरकारको अवधारणा र संस्थागत विकास, कार्य प्रक्रिया र नीति योजना, आयोजना तर्जुमा तथा कार्यान्वन व्यवस्थापन र श्रोत परिचालन, वित्तिय व्यवस्थापन, क्षमता अभिबृद्धि लगायतको बारेमा अनुसंन्धान र परामर्श सम्बन्धि प्रशिक्षण दिने उदेश्यले यस केन्द्रको स्थापना गरिएको हो । लामो समय सम्म जनप्रतिनिधि विहिन भएको मुलुकमा केन्द्रले स्थानीय तहका कर्मचारीलाई बेला बखत प्रशिक्षण दिने काम गर्दै आइरहेका थिए । प्रयाप्त बजेट अभाव हुदाँ तत्कालिन जिल्ला विकास समिति, नगरपालिका र गाविसको आर्थिक स्रोत जुटाएर उनीहरुलाई प्रशिक्षण दिने काम गरिथ्यो । अहिले स्थानीय तहमा निर्वाचित भएर जनप्रतिनिधिले जिम्मेवारी सम्हालेको चार महिना बित्न लागेको छ । उनीहरुलाई यस्तो कुनै किसिमको प्रशिक्षण तथा तालिमको अवसर प्राप्त यस केन्द्रबाट भएको छैन् । सरकारले यस पटक केही कार्यक्रमहरु केन्द्रमा पठाएको छ ‘तर’ जनप्रतिनिधिलाई प्रशिक्षण दिइएको छैन् । स्थानीय तहमा जनप्रतिनिधि आएसंगै चालु आ.व.मा १६ लाख बजेट आएको उनले जनाए । अघिल्लो बर्षहरुमा ५ देखि ७ लाख सम्म बजेट आउने गरेकामा यस पल्ट मर्मत संभार लागि ८ लाख बजेट आएको र बजेटबाट जिर्ण बनेका भवन तथा सामग्रीलाई मर्मत गरिने उनले बताए ।
९४ विगहा क्षेत्रमा फैलिएको ग्रामिण विकास प्रशिक्षण केन्द्रमा आन्तरिक आम्दानी बार्षिक १० लाख भन्दा बढी हुने गरेको निर्देशकले बताए । केन्द्रमा रहेको आवास, गेष्ट हाउस, हल भाडासहित धान, लिच्ची र वेसार खेतीबाट आम्दानी हुने गरेको छ । ‘कुनै बर्ष १५ लाख सम्म आन्तरिक आम्दानी हुने भएता पनि गत आर्थिक बर्ष १० लाख मात्र आम्दानी भएको उनले सुनाए । पछिल्लो समय क्षेत्रमा हात्ती आतंक बढेकोले अहिले विद्यार्थीहरु आउन छाडेका छन् । नत्र विद्यार्थीहरुले यही केन्द्रको गेष्ट हाउस भाडामा लिएर बस्ने गरेका थिए । यो बर्ष विद्यार्थी सम्पर्क नआएको उनको भनाई छ । उनले भने– ‘चालु आ.व.मा दुई लाख मात्र आन्तरिक आम्दानी भएको छ, ‘आम्दानी स्रोत आर्थिक बर्षको अन्त सम्म बढने छ ।’ अहिले सुविधासम्पन्न होटल र लज खोल्नुका साथै सदरमुकामबाट केही दुरीमा पर्ने केन्द्रको आम्दानी सोचे जस्तो नभइ ओझेलमा परेको गुनासो सुनाए । सरकारी कार्यालयले समेतले अहिले होटल र लजमै गोष्ठी, सेमिनार, कार्यशाला सरकारी भवनमै आउँदा हुन्थ्यो, तर त्यसो हुन नसकेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्