पर्यवेक्षलाई दुव्र्यवहार



पहिलो चरणको ३२ जिल्लामा संसदीय निर्वाचन केही छिटफुट घटनाबाहेक शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको खबर सुनेर धरहरा गद्गद् भएको छ। निर्वाचननै नहुने हो कि भन्ने आशंका उत्पन्न भएको बेला निर्वाचन सम्पन्न हुनु आफैंमा राम्रो विषय पनि हो। निर्वाचन कस्तो भयो भनेर देश विदेशबाट पर्यवेक्षण गर्नेहरू विभिन्न जिल्लामा पुगेको समाचार आएको छ। त्यो आफैंमा राम्रो विषय पनि हो। तर निर्वाचन कस्तो भयो भनेर हेर्न गएका पर्यवेक्षक तथा पत्रकारलाई ठाउँठाउँमा अवरोध पुर्याउने गरेको दृष्यले भने धरहराको मन खिन्न भएको छ। धादिङको खानीखोलामा भएको मतदान केन्द्रमा जाने स्वदेशी तथा विदेशी पर्यवेक्षक तथा पत्रकारलाई त्यहाँका मतदान अधिकृतले गरेको व्यवहारले सबैलाई उदेक लाग्ने बनाएको थियो।

निर्वाचनको रिपोर्टिङका लागि गएका पत्रकारलाई सूचना विभागले जारी गरेको परिचयपत्रलाई आधार मानेर रिपोर्टिङ गर्न दिने निर्वाचन आयोगको निर्णयलाई चुनौती दिदैं ती मतदान अधिकृतले देखाएको व्यवहारबाट पत्रकार मात्र होइन विदेशी पर्यवेक्षकसमेत अवाक भएका थिए। उनले भने यो परिचयपत्रले मेरो मतदानकेन्द्रमा छिर्न दिन्न आयोगले के भन्यो मलाई थाहा छैन भन्दै उनले लगहत्याउँदै निकालेको दृष्य हेर्न लायक थियो।

प्रतिक्रिया दिनुहोस्