ग्लोबल आईएमई बैंकद्वारा शाखारहित बैंकिङ सेवा थप



काठमाडौं, (नेस)
ग्लोबल आईएमई बैंकले कञ्चनपुरको भिमदत्त नगरपालिका–९ स्थित ब्रहमदेव तथा कञ्चनपुरकै कृष्णपुर नगरपालिका–२, बाणी र डडेलधुराको पर्शुराम नगरपालिका–७ सादनीमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ। कञ्चनपुरको भिमदत्तमा शुरू गरिएको सेवाको लागि स्थानीय रमेशबहादुर खड्का, कृष्णपुर नगरपालिकामा शुरू गरिएको सेवाको लागि स्थानीय भरत महता र डडेलधुराको पर्शुराम नगरपालिकामा खोलिएको सेवाका लागि बिमला कुमारी बोहोरालाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ।

बैंकले गत असोज मसान्तसम्म १ खर्ब ४ अर्ब ९४ करोड निक्षेप, ८८ अर्ब ७७ करोड कर्जा लगानी गरेको छ। साथै १०८ वटा शाखा, १४ वटा राजस्व संकलन काउन्टर, १ वटा सीडीएससी काउन्टर, १२६ एटीएम, ४ वटा एक्सटेन्सन काउन्टर तथा ४९ शाखारहित बैंकिङ सेवा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्