यौनकार्यमा लिप्त दम्पतीको कार दुर्घटना



वासिंगटन, (एजेन्सी)
अमेरिकाको वासिंगटन राज्यमा एक दम्पतीले कारभित्रै यौन कार्य शुरू गरेपछि सो कार एउटा रुखमा ठोकिन पुग्दा दुर्वैलाई शरीरका विभिन्न भागमा चोटलागेको प्रहरीले जनाएको छ।

प्रहरी अधिकृत बु्रक बोभाले स्थानीय राजमार्गमा कार चलाउने क्रममा पुरुष रक्सीले मात्तिएको र उनीमाथि महिला चढेका तथा दुवैजना निर्वस्त्र रहेको कुरा दि इन्डेपेन्डेन्टलाई जानकारी दिएका छन्। ती नाम नखुलाइएको पुरुषले घुम्तीमा राम्ररी कार काट्न नसक्दा कार रुखमा ठोकिन पुगेको बताइएको छ। यस दुर्घटनामा महिलाको नितम्व र पुरुषको नाडी भाँचिएको छ। तर सोही कारको पछाडिको सिटमा रहेका तिनका तीन महिने शिशुलाई भने कुनै चोट पटक नलागेको प्रहरीले बताएको छ। प्रत्यक्षदर्शीहरूले करिव २० वर्ष उमेरका सो दम्पती कारबाट नांगै बाहिरिएको बताएका छन्।

अन्य केही प्रत्यक्षदर्शीले भने लोग्ने स्वास्नीमध्ये एकजना तत्काल घटनास्थलबाट भागेको पनि बताएका छन्। बोभाले भनेका छन्– ‘तिनीहरू प्रहरी घटनास्थलमा पुग्नुअघि आफ्ना लुगा खोज्न निकै हतारिएको देखिन्छन्। मैले जीवनमा यस्तो घटना कहिले पनि देखेको छैन। ती पुरुषलाई शिशुलाई जोखिममा राखेर जथाभावी अमर्यादित ढंगले कार चलाएको अभियोग लगाइएको छ। अस्पतालको आकस्मिक कक्षबाट बाहिरिनासाथ हिरासतमा लिइएपछि उनलाई तत्काल पियर्स काउन्टि जेल चलान गरिएको छ। ’

महिलालाई पनि अस्पतालमा भर्ना गरिएको तर उनलाई अभियोग लगाइएको छ वा छैन स्पष्ट पारिएको छैन। युनिभर्सिटी अफ डाकोटाका विद्यार्थीहरूले गरेको एक अनुसन्धानअनुसार ३३ प्रतिशत पुरुष र ९ प्रतिशत महिलाले कार चलाउने क्रममा यौ सम्पर्क राख्ने गरेको पाइएको छ। तर तिनीहरूको सर्भेक्षणमा परेकाहरू दुर्घटनामा भने कहिल्यै नपरेको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्