हालसम्म ६० प्रतिशत मत खस्यो



नेपाल समाचारपत्र, काठमाडौं ।
१० मंसिर औ पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत ३२ जिल्लामा भइरहेको निर्वाचनमा दिउँसो ४ बजेसम्म ६० प्रतिशत मत खसेको छ ।

निर्वाचन आयोगले अझै पनि मतदान जारी रहेको जनाएको छ । पहाडी जिल्लाहरुमा ढिलागरी मतदान शुरु भएपनि ३३ जिल्लामा भैरहेको निर्वाचन शान्तिपूर्ण रुपमा नै चलिरहेको अयोगले जनाएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि ३७ प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रका ४ हजार ४ सय ६५ मतदान केन्द्रहरुमा मतदान जारी छ । मतदान साँझ ५ बजेसम्म जारी रहने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्