कार्यशैली बदल्ने हो की?



महिला हिंसाविरुद्धको १६ दिने अभियान शनिबारबाट शुरू भएको छ। दिवस हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाउने गरिन्छ। महिलामाथि हुने भेदभाव तथा सबै घटनाप्रति जागरुक बनाउने र सबै क्षेत्रमा परिवर्तन ल्याउने उद्देश्यले संयुक्त राष्ट्रसंघको पहलमा दिवस मनाउन थालिएको हो। नेपालमा पनि सन् २०१० देखि यो दिवस मनाउन थालिएको हो। महिला हिंसाविरुद्धको यसवर्षको अन्तर्राष्ट्रिय नारा ‘लैंगिक हिंसा अन्त्यको लागि सबै जुटौं, कोही नछुटौं’ तय गरिएको रहेछ। यो नारा त धरहरालाई निकै गज्जबै लाग्यो। हिंसा पिछडिएको गाउँघरमा मात्रै होइन, निकै शिक्षित भनाउँदा घरपरिवार र शहरी क्षेत्रमा पनि व्याप्त छ भन्ने धरहारले प्रस्ट बुझ्या छ।

त्यसो त विगतका नारा पनि त एक से एक थिए। तर हरेक वर्षका कार्यक्रम काठमाडौं अनि शहरउन्मुख क्षेत्रमा मात्रै सीमित हुँदा नेपालले यस अभियानमार्फत् लक्षित उद्देश्य प्राप्त गर्न नसकेको प्रस्ट छ। नेपालले दिवस मनाउन थालेपछिका महिलामाथिका विभेद र हिंसात्मक घटनामा के कति सुधार आयो? त्यो खासै बुझ्न सकिएको छैन। डलर पचाउने अभियानका रूपमा समेत आलोचित हँुदै आएकाले यो अभियानले अब कार्यशैली बदल्नुपर्ने हो की?

प्रतिक्रिया दिनुहोस्