टाइम र राष्ट्रपति विवाद, ट्रम्पद्वारा सम्भावित ‘पर्सन अफ इयर’ बन्न अस्वीकार



वासिङ्टन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्ष टाइम्सको पर्सन अफ द इयरका लागि नामांकित गर्न उक्त अखबारले अन्तर्वार्ता र फोटो खिच्नका लागि गरेको आग्रहलाई आफूले अस्वीकार गरेको बताए। तर उनले त्यसका लागि आफू नै चयन भएको हो वा होइन भन्ने विषयमा पुष्टि गरेको छैन।

उनले ट्विटमा भने– ‘टाइम म्यागजिनले गत वर्षकोझैं सम्भवतः म अखबारको वर्ष पुरुषका लागि नामांकित भएको बताउन फोन गरेको थियो तर मैले त्यसका लागि अन्तर्वार्ता दिन र एउटा महत्त्वपूर्ण फोटो सुट गर्न मान्नुपर्नेछ।

मैले भने ‘सम्भवतः भनेको राम्रो होइन र त्यसबाट पन्छिए। धन्यवाद।’
टाइमले राष्ट्रपतिको ट्विटमा प्रतिक्रिया आफ्नै अकाउन्टमा दिएको छ– ‘हामी पर्सन अफ इयर कसरी चयन गर्छौं भन्ने विषयमा राष्ट्रपतिले गल्ती बुझेका छन्। टाइमले डिसेम्बर ६ मा हुने हाम्रो प्रकाशन अगाडि कुनै प्रकारको टिप्पणी गर्ने छैन।’

पूर्वसम्पादक रिचर्ड स्टेन्जेलले ट्रम्पको ट्विटलाई रिट्विट गर्दै त्यसमा थप प्रतिक्रिया दिए– ‘भन्न मन लाग्दैन तर ‘सम्भवत’को अर्थ तिमी वर्ष पुरुष होइन।

तिनीहरूले तिम्रो फोटो एउटा मात्र खिच्न चाहेको हो। तर तिमीले अझै नक्कली टाइम कभर कतै भण्डारमा राखेको होला।’ उक्त अखबारले राम्रो वा नराम्रो कुनै पनि क्रियाकलापबाट वर्षभरि सबैभन्दा बढी प्रभाव पारिरहने व्यक्तिलाई वर्ष व्यक्तिका रूपमा चयन गर्छ।

ट्रम्प सन् २०१६ मा चुनाव सकिएपछि अखबारको ‘पर्सन अफ इयर’मा परेका थिए। उक्त संस्करणमा ‘विघटित राज्य अमेरिकाका राष्ट्रपति’को शीर्षक दिइएको थियो। पूर्वरियल इस्टेट टाइकुनले कुनै बेला उक्त सम्मानलाई लिएर निक्कै लालच देखाएका थिए। सन् २०१२, २०१४ र २०१५ मा आफूलाई चयन नगरेकामा गुणासो गर्दै ट्विट गरेका थिए। गत जुनमा वासिङ्टन पोस्टले उनको गल्फ क्लबमा सकारात्मक हेडलाइनसहित ट्रम्पको कभर भएको नक्कली टाइम अखबार फ्रेम गरिराखेको खुलासा गरेको थियो।

राष्ट्रपतीय चुनावमा आउने घोषणासँगै ट्रम्पको अमेरिकी सञ्चारमाध्यमसँग विरोधीको सम्बन्ध रहँदै आएको छ। उनले सञ्चारमाध्यममाथि झुठो, नक्कली समाचार दिने गरेको आरोप लगाउने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्