बच्चाले नम्बर प्लेटका लागि ४ लाख तिरे



अबुधाबी, (एजेन्सी)
अबुधाबी प्रहरीको १ लिलाममा १२ वर्षका १ बच्चाले एउटा गाडी नम्बरका लागि ४ लाख अमेरिकी डलर तिरेका छन्।

ती बच्चाले ११११ अंकको प्लेटका लागि १५ लाख दिरहम तिरे। विशेष पन्जिकरण नम्बरको यो लिलाम प्रहरीका लागि पैसा जुटाउने गरिन्छ। खलिफा अल मजरुइ नामका ती बालकले कुरान गायन प्रतियोगितामा ५ लाख दिरहमको पुरस्कार जितेको स्थानीय सञ्चार माध्यमले जनाएको छ।
बाँकी धनराशी उनले आफ्नो पिताबाट प्राप्त गरेका थिए। उक्त नम्बर प्लेट बालकले मर्सिडिज गाडीमा लगाइनेछ। उक्त गाडीबाट उनी स्कुल जाने गर्छन्।

यद्यपि आगामी केही वर्षसम्म उनले गाडी चलाउन भने पाउने छैनन्। संयुक्त अरब इमिरेट्समा गाडी चलाउनका लागि न्यूनतम आयु १८ वर्ष छ। यो नम्बर लिलाममा सबैभन्दा महँगोमा बिक्री भएको होइन। २ नम्बरको प्टेट २७ लाख अमेरिकी डलरमा बिक्री भएको थियो, जुन एक व्यापारीले किनेका थिए।

ेमहंगो नम्बर प्लेट किन्नुलाई सही भएको बताउँदै व्यापारी अहमल अल मरजुकीले भने– ‘मलाई आफ्नो देशमा गर्व छ। म यो पैसा दानमा दिन चाहन्थँे। प्रहरीले नम्बर प्लेटको बिक्रीबाट प्राप्त पैसा गरिब तथा खाँचो भएकाहरूको उत्थानमा प्रयोग गर्नेछ।

गत वर्ष यस्तै १ लिलामीमा नम्बर १ को प्लेट ३ करोड १० लाख दिरहममा बिक्री भएको थियो। यस वर्षको नम्बर प्लेट लिलामीबाट प्रहरीले कूल १ करोड ५० लाख डलर जुटाएको छ।

प्रतिक्रिया दिनुहोस्