अमेरिकामा समलैंगिकतालाई स्विकार्ने मुसलमान बढे



लस एन्जलस, (एजेन्सी)
इस्लाम समलैंगिकतालाई निषेध गर्छ। तर १ ताजा सर्वेक्षणले विगत १० वर्षमा समलैंगिकतालाई स्वीकार गर्ने अमेरिकी मुसलमानको संख्यामा तीव्र वृद्धि भएको देखाइएको छ। यसको तुलनामा गोरा प्रोटेस्टेन्टमा यो संख्या अत्यन्त कम रहेको छ।

उरुज र ग्रेसन त्यस्तै एक जोडी हुन्। उनीहरू २ वर्षदेखि प्रेम सम्बन्धमा रमाइरहेका छन्। ग्रसेन ट्रान्सजेन्डर हुन् भने उरुजलाई पुरुष, महिला र ट्रान्सजेन्ड सबै मन पर्छ। उनी आफू लैंगिक रूपमा असमन्जस स्थितिमा भएको अर्थात् क्विर भएको बताउँछन्।

उरुजका पूर्वज हाल पाकिस्तानको जलालाबादका हुन्। उनको बाल्यकाल पाकिस्तानमा बितेको थियो। सन् १९९२ मा उनको परिवार अमेरिकामा आएको थियो। उनको परिवारमा उरुज क्विर हुनु एक प्रकारको अविश्वसनीय घटना भन्दा कम होइन। ग्रेसन केन्याका हुन्।

आफ्नो लैंगिकताका विषयमा उरुजले भने– ‘सबैभन्दा पहिला मेरो भाइले मेरो सेक्सुएलिटीका बारेमा थाहा पाए। उसले यो कुरा आमालाई भन्दिए। मेरी आमाले त्यतिबेला केही बुझिनन्। मैले पनि लगातार अस्वीकार गरिरहँे। पछि मेरी आमाले कुरान हातमा राखेर म लेस्बियन हो वा होइन भन्ने बताउन लगाइन्। त्यतिबेला मैले सबैकुरा साँचो बताइदिएँ। मेरो विषयमा सत्य कुरा थाहा पाएर उनी निरास भइन्। समयसँग उरुजकी आमाको व्यवहारमा पनि परिवर्तन आयो। उनले उरुजको साथीलाई स्वीकारेको मात्र होइन, पहिलोपटक उनीसँग भेट्न पनि गइन्।’
यस विषयमा उरुज भन्छिन् – मेरी आमालाई मेरो अवस्थालाई स्वीकार गर्न करिब २० वर्ष लाग्यो। यद्यपि समलैंगिकतालाई लिएर अहिले पनि उनको आफ्नो विचार छ तर अहिले ऊ मेरो भावना बुझ्न थालेकी छिन् र मेरो प्रेमलाई पनि।

समलिंगीलाई लिएर अमेरिकी मुसलमानहरूको व्यवहारमा परिवर्तन आइरहेको छ। प्यु सेन्टरको ताजा सर्वेक्षणले ५२ प्रतिशत मुसलमान समाजमा होमोसेक्सुएलिटीलाई स्वीकार गरिरहेको देखाएको छ। यसको तुलनामा मात्र ३२ प्रतिशत गोरा प्रोटेस्टेन्ट यसलाई स्वीकार्न तयार देखिएका छन्।

यद्यपि केही कट्टरपन्थी मुसलमान अहिले पनि समलिंगी हुनुलाई अपराध मान्छन्। पाकिस्तानी मौलवी डाक्टर जफर नुरी भन्छन्– ‘अल्लाहले पनि समलिंगीहरूलाई ढुंगाले हिर्काएर मार्ने सजायँ दिन्छ। पैगम्बरले पनि त्यस्ता व्यक्तिहरूलाई मृत्युदण्डको आदेश दिएको छ।

अमेरिकामा बसिरहेका मुसलमान युवा समलैंगिकतालाई अपराध मान्नका लागि तयार छैनन्। त्यसैले उनीहरू वासिङटन डीसीमा एन्टी गे कानुन विरुद्ध विरोध प्रदर्शन गर्छन्। अमेरिकामा बसिरहेको यो समुदायलाई यो आफ्नै हकअधिकार प्राप्तीका लागि आवाज उठाइरहेको हो भन्ने ठहर छ।

प्रतिक्रिया दिनुहोस्