साउदी इरान तनाव, युवराज सलमान अपरिपक्व भएको इरानको प्रतिक्रिया



तेहरान, (एजेन्सी)
साउदी अरेबियाका युवराज बिन सलमानले इरानका प्रमुख तथा सर्वोच्च धार्मिक नेतालाई मध्येपूर्वको हिटलरको संज्ञा दिएपछि इरानले उनी अबुझ भएको प्रतिक्रिया दिएको छ।

सलमानको उक्त टिप्पणीलाई लिएर इरानले युवराज अपरिपक्व भएको प्रतिक्रिया दिएको हो। इरानको विदेशमन्त्रालयले युवराज मोहम्मद बिन सलमानले क्षेत्रीय तानासाहका नियतिलाई लिएर विचार गर्नुपर्ने सुझाव दिए। युवराज सलमान साउदीमा अहिले वास्तविक शासक भएको र उनले इरानविरुद्ध कडा नीति अख्तियार गरिरहेको छ। सलमानले न्युयोर्क टाइम्सलाई दिएको एक अन्तरवार्तामा मध्यपूर्वमा कसैलाई आफ्नो प्रभाव जमाउने अनुमति दिन नसक्ने बताएका थिए।

उनले न्युयोर्क टाइम्सलाई भने (मैले युरोपबाट सिकेको छु, चुप लाग्नुले काम हुँदैन। जे युरोपमा भयो त्यसलाई म मध्यपूर्वमा हुन दिन चाहन्नँ। म इरानमा कोही नयाँ हिटलरको उदय होस् भन्ने चाहन्नँ। सलमानले इरानका प्रमुख नेता आयोतुल्लाह अली खोमेनीलाई निसाना बनाएका थिए। युवराज सलमानको उक्त टिप्पणी आएपछि इरानी विदेश मन्त्रालयका प्रवक्ता बहराम कोसमीले सलमानमाथि दुस्साहस गरेको आरोप लगाएका छन्।

सलमान अपरिपक्व भएको र विवेकहीन, आधारहीन आरोप लगाइरहेको उनले बताएको इरानको इर्ना समाचार एजेन्सीले जनाएको छ। कासेमीले भने– ‘म उनलाई गम्भिर सल्लाह दिन चाहन्छु, यस क्षेत्रका चर्चित तानासाहको भाग्यलाई लिएर विचार गर्न र सोच्नुपर्छ उनले।’ सलमान आफ्नो नीति तथा व्यवहारलाई रोल मोडलका रूपमा हेरिरहेका छन्।
इरान र साउदी अरेबियाबीच लगातार तनाव बढिरहेको छ। यसै महिनाको शुरूआतमा युवराज सलमानले इरानमाथि छिमेकी यमनका विद्रोहीद्वारा साउदी राजधानी रियादमा क्षेप्यास्त्र हमला गराएको आरोप लगाएको थियो।

उनले उक्त हमलालाई एक युद्धका रूपमा लिन सकिने बताएका थिए। तर इरानले उक्त घटनामा आफ्नो संलग्नतालाई अस्वीकार गरेको थियो।
मध्यपूर्वमा सुन्नी वाहुल्य साउदी अरेबिाय र शिया मुस्लिम बाहुल्य आवादी रहेको इरानबीचको शत्रुता नयाँ होइन। साउदी अरेबियाले इरानमाथि यमनमा शिया विद्रोही संगठन हुतीलाई सहयोग गरिरहेको आरोप लगाउँदै आइरहेको छ। यमनमा साउदी अरेबिया ती विद्रोहीसँग सन् २०१५ देखि लडिरहेको छ।

यमनमा मानवीय संकट बढाएको आरोप साउदी अरेबियामाथि ब्यापक रूपमा लागिरहेको छ। इराकमा पनि इरानको बढ्दो प्रभावलाई लिएर साउदी अरेबियाले चेतावनी दिँदै आइरहेको छ। इराक र सिरियामा कयौं विद्रोही संगठनहरूले इस्लामिक स्टेटलाई परास्त गर्न महत्त्वपूर्ण भूमिका निभाएको छ।

सिरियामा भइरहेको गृहयुद्धमा राष्ट्रपति बसर अल असदको बलियो पकड हुनुमा ती विद्रोही समूहको हात रहेको छ। ती दुवै देश लेबनानलाई पनि अस्थिर बनाएकोमा एक अर्कालाई दोष दिइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्