पंकज र स्वस्तिलाई अन्तर्राष्ट्रिय अवार्ड



ब्राजिलको पोर्टो एलेग्री शहरमा सम्पन्न अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपाली युवायुवती अवार्डेड भएका छन्।

गत नोभेम्बर १५ देखि २० तारिखसम्म भएको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालबाट सहभागी पंकजसिंह ठकुरी र स्वस्ती वैद्य अवार्डेड भएका हुन्। पुरुषहरूसम्बन्धी प्रतियोगिता मिस्टर टिन ग्रान्ड इन्टरनेसल प्याजेन्ट २०१७ मा पंकज फस्ट रनर्सअप भए भने किशोरीहरूको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस टिन ब्युटी प्याजेन्ट २०१७ मा स्वस्तीले बेस्ट स्माइलको अवार्ड चुमेकी छिन्। यी प्रतियोगिताका लागि नेपाललाई बस्ट नेसनल डाइरेक्टरको अवार्ड पनि प्राप्त भएको छ। सो अवार्ड साएम सापकोटाले ग्रहण गरेका थिए।

बझाङका पंकजसिंह र भक्तपुर निवासी स्वस्ती वैद्य राजधानीमा एसएन इन्टरनेसनल इभेन्टस् तथा प्रिज मिडिया प्रालिले आयोजना गरेको मिस्टर एन्ड मिस टिन वल्र्ड नेपाल २०१७ का शीर्ष उपाधि विजेता हुन्। दुवैको अन्तर्राष्ट्रिय सहभागितालाई प्रिज मिडियाले व्यवस्थापन गरेको थियो। ब्राजिल प्रस्थान गर्नुअगाडि पंकज र स्वस्तीले कोरियोग्राफर रोजिन शाक्यबाट अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागितासम्बन्धी अभिमुखीकरण तालिम लिएका थिए।

 

प्रतिक्रिया दिनुहोस्