३ माइल लामो छुद्रग्रह पृथ्वीसँग नजिकिँदै



नासा/मस्को, (एजेन्सी)
पृथ्वीलाई करिब ध्वस्त पार्न खोजेका ग्रिक मिथक देवता फायथोन नाम पाएको एउटा रहस्यमय ३ माइल लामो छुद्रग्रह आगामी क्रिसमसअगाडि हाम्रो ग्रहको नजिक भएर जानेछ।

३२००० फायथोन नामक उक्त आवासीय पिण्ड अन्त्यन्तै नजिकबाट जाने रुसी खगोलशास्त्रीहरुले चेतावनी दिएको हुन्। तर त्यो पृथ्वीसँग ठोक्किने नै स्थितिमा नरहेकाले चिन्ता लिनुनपर्ने पनि बताइएको छ।

फायथोन ग्रिक देवता हुन्। उनले आफ्ना पिता सूर्य देवता हेलिओसको रथ सापट लिएका थिए र जियसबाट मारिनुअगाडि उनले पृथ्वीलाई जलाएर झन्डै खरानी बनाएका थिए।

नासाले उक्त छुद्रग्रहलाई अत्यन्त विध्वंशकारी बन्न सक्ने आकाशीय पिण्डको दर्जामा राखेको छ। तर अहिले यो डिसेम्बर १७ मा पृथ्वीबाट ६४ लाख माइल दूरीबाट गुज्रिनेछ।

फायथोन छुद्रग्रह वैज्ञानिकहरुका लागि अचम्मको विषय बनेको छ। किनभने यसको केही विशेषता पुच्छ«ेताराको जस्तो छ, यसअघि नजिकिँदा यसमा केही पुच्छर देखिएको थियो।

इम्यानुयल कान्ट बाल्टिक फेडरल युनिभर्सिटीले जारी गरिएको एक विज्ञप्तिमा ‘यो कुनै बेला अत्यन्तै ठूलो पिण्ड हो भन्ने प्रस्ट हुन्छ।’ उल्लेख गरेको छ।
धेरैपटक सूर्यसँग नजिकिने क्रममा यो पिण्डबाट ससाना टुक्राहरु उछिट्टिएको र त्यसबाट उल्कापात हुने गरेको विज्ञप्तिमा जनाएको छ। यदि त्यस्तो हो भने यो छुद्रग्रह आफै एउटा पुच्छ«ेताराको नाभिक हो।

यो छुद्रग्रहको अत्यधिक लामो कक्ष रहेको छ। कहिलेकाहीँ सूर्यसँग बुध ग्रहभन्दा नजिकिने र कहिलेकाहीँ मंगल ग्रहभन्दा टाढाबाट जाने भएकाले पृथ्वीका लागि जोखिम नै बनेको छैन।

प्रतिक्रिया दिनुहोस्